विश्वकप विजेता मेस्सीलाई पीएसजीमा ‘गार्ड अफ अनर’
एक्सन खबर
एजेन्सी । विश्वकप विजेता लियोनल मेस्सीलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) मा प्रशिक्षणमा सहभागी हुने क्रममा गार्ड अप अनर दिइएकाे छ । कतार विश्वकपमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपकाे उपाधि दिलाएका मेस्सीलाई सहकर्मीहरूले गार्ड अफ अनर दिएका हुन् ।
लियोनेल मेस्सी विश्वकप जितेयता बुधबार पहिलोपटक पीएसजीको प्रशिक्षणमा सहभागी भएका थिए । विश्वकप पछि पहिलोपटक फ्रान्समा पुग्दा उनको टोलिका खेलाडी तथा प्रशिक्षकहरुले स्वागत गर्दै गार्ड अफ अनर दिए ।
मेस्सी आफ्ना साथीहरू र परिवारसँग फिफा विश्वकप २०२२ को विजयी उत्सव मनाएर आफ्नो गृहनगरबाट फर्केका थिए । सम्मान समारोहमा उनलाई विशेष ट्रफी समेत प्रदान गरिएको थियो ।
0 प्रतिकृया