Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


फरवार्ड माइक्रोफाइनान्सद्वारा दुई परिवारलाई कर्जा बीमा रकम वितरण

एक्सन खबर
पौष, २४, २०७९


फरवार्ड माइक्रोफाइनान्सद्वारा दुई परिवारलाई कर्जा बीमा रकम वितरण

सुनसरी, २३ पुस । महिलाहरुलाई संगठित गर्दै सामुहिक जमानीमा लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्जा बीमा सुविधा बापतको मृत्यु दावी रकम वितरण गरेको छ । फरवार्डको महोत्तरी शाखा, रामगोपालपुर केन्द्र र पाल्पाको बर्तुङ शाखाले आफ्ना सदस्यहरुको मृत्यु भएपछि उनका परिवारलाई कर्जा बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।

फरवार्डको महोत्तरीको शाखा कार्यालय रामगोपालपुरको केन्द्र नं. १४४ को सदस्य राम कुमारी मुखियाका परिवारलाई बीमा सुबिधा बापत १ लाख ८० हजार रुपैंया भुक्तानी गरेको छ ।

यस्तैगरी, फरवार्डकै पाल्पा बर्तुङ शाखा कार्यालयको केन्द्र नं. ५३ ले उमा मिदुनको परीवारलाई कर्जा बीमा रकम वितरण गरेको छ । संस्थाकी सदस्य उमाको असामयिक निधन भएपनि उनले लिएको कर्जा रकम १ लाख मिनाहा गरी कर्जा बीमा रकम १ लाखमा किरिया खर्च २० हजार थप गरी १ लाख २० हजार उनका श्रीमान टेक बहादुर मिदुनलाई वितरण गरिएको फरवार्ड माइक्रोफाइनान्सले जनाएको छ ।

गाउँगाउँमा महिलाहरुका माझ वित्तीय साक्षरता पुर्याउने अभिप्रायले ग्रामिण महिला उत्सुकता विकास मञ्चले वित्तीय मध्यस्तकर्ताको काम गर्दै आएकोमा २०६९ सालमा फरवार्ड माइक्रोफाइनान्समा रुपान्तरण भएको यो संस्थाले महिलाहरुलाई सीप विकासको तालिम, वित्तीय साक्षरता दिएर सहुलियत कर्जा प्रवाह गरी उनीहरुलाई उद्यमशील बनाउँदै आएको छ ।

सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको फरवार्डको संस्थापक सामाजिक, आर्थिक अभियान्ता, राजनीतिकर्मी हाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भगबती चौधरी हुन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेपनि नेतृ चौधरीले संस्थाको अध्यक्ष पदबाट राजिनामा भने दिएकी छन् ।
 














0 प्रतिकृया