Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


सेनाका गजेन्द्र राई द्रव्य शाहको पगरी

एक्सन खबर
पौष, २७, २०७९


सेनाका गजेन्द्र राई द्रव्य शाहको पगरी

पोखरा, २७ पुस । पृथ्वी जयन्तीका दिन आयोजना गरिएको ‘म्यान अफ दी गोरखा’ नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । दौडेर राजा हुने परम्पराको सम्झतामा पृथ्वी जयन्तीका दिन दौड प्रतियोगिता आयोजना गरिएको हो ।

द्रव्य शाहले दौडेर राजा बनेको पस्लाङको चौतारादेखि गोरखा दरबारसम्म ८ किलोमिटर दौड राईले ३० मिनेट ६ सेकेण्डमा पूरा गरेका हुन् ।

उनलाई द्रव्य शाहको पगरीसहित पुरानो समयकै पोशाक लगाइदिएर सम्मान गरिएको छ । उनलाई झाँकी र र्‍याली सहित नगर परिक्रमा गरिनेछ । दौडमा सेनाकै मोहनदेव जोशीले ३० मिनेट ५७ सेकेण्डमा दौड पूरा गरी दोश्रो भए भने सेनाकै टंक कार्कीले ३१ मिनेट १३ सेकेण्डमा दौड पूरा गरेर तेस्राे भए ।

सशस्त्र प्रहरी क्लवका राजेन्द्र तामाङले ३१ मिनेट ३५ सेकेण्डमा र गोरखा नगरपालिकाका नवराज गुरुङले ३३ मिनेटमा दौड पूरा गरी सान्त्वना भएका प्रतियोगिता संयोजक चन्दनबाबु खत्रीले जानकारी दिए ।

दौडमा १६ जना सहभागी थिए । म्यान अफ दि गोरखाका विजेतालाई ३० हजार नगदसहित पुरस्कृत गरिनेछ । दोस्राेलाई २० हजार, तेस्राेलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।













0 प्रतिकृया