Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


ललितपुरको पिलाछेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
पौष, २७, २०७९


ललितपुरको पिलाछेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २७ पुस । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको पिलाछेमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । आज बुधबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका महिला, बालबालिका, जेष्ठ्य नागरिक तथा आम सर्वसाधारणले स्वास्थ्य परीक्षण गराए ।

ललितपुर महानगरपालिका वडा नं. ७ सँगको सहकार्यमा गरिएको स्वास्थ्य शिविरमा ६१७ जनाको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, १०३ जनाको ल्याब परीक्षण र ९५ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, ७ जनाको दाँत खोलिएको तथा २१ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको दाहालले जानकारी दिए ।

समाजसेवी डा. सुनिल शर्मा केएमसीको कार्यकारी अध्यक्ष हुँदा सुरुवात गरेको निःशुल्क स्वास्थ्य शिविरबाट हज्जारौं सर्वसाधारण लाभाञ्वित भइरहेका छन् । डा. शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएपनि उनले थालनी गरेको निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिइरहने केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले बताए ।
















0 प्रतिकृया