Follow us:


Follow us

६ वैशाख २०८१, बिहिवार
६ वैशाख २०८१, बिहिवार


भूमि आयोगका अधिकृत विरुद्ध एक करोड ६ लाख बढीकाे विगाे सहित मुद्दा दायर

एक्सन खबर
पौष, २९, २०७९


भूमि आयोगका अधिकृत विरुद्ध एक करोड ६ लाख बढीकाे विगाे सहित मुद्दा दायर

काठमाडौं, २९ पुस । राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पोखरेल यातायात व्यवस्था कार्यालय सुकेधारामा निमित्त प्रमुख रहेका वेला अख्तियारले अनुसन्धान थालेको थियो । हाल भूमि आयोगका अधिकृत रहेका पोखरेलमाथि एक करोड ६ लाख ३३ हजार तीन सय ३९ रुपैयाँ ९२ पैसा बिगो दाबी गरिएको छ । अख्तियारले पोखरेलकी पत्नी विमला न्यौपाने पोखरेललाई पनि प्रतिवादी बनाएको छ । अकुत सम्पत्ति जफत गर्ने प्रयोजनका लागि अख्तियारले उनलाई प्रतिवादी बनाएको हो ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारामा निमित्त प्रमुख रहँदा अख्तियारले उनीमाथि अनुसन्धान थालेको थियो । त्यसपछि पोखरेल सरुवा भएर भूमि आयोगमा पुगेकाेमा हाल आयोगमै कार्यरत रहेका बेला उनीविरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनुसन्धानका क्रममा ४ करोड ३७ लाख ८८ हजार ४ सय २ दश पैसा बराबरको चलअचल सम्पत्ति फेला पारेकोमा ३ करोड ३१ लाख ५५ हजार ६२ रूपैयाँ १९ पैसाको मात्रै स्रोत खुलेको बताए । उनले स्रोत नखुलेकोलाई बिगो कायम गरी आरोपित विरुद्ध अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।













0 प्रतिकृया