Follow us:


Follow us

१९ वैशाख २०८१, बुधवार
१९ वैशाख २०८१, बुधवार


लघुवित्त संस्थाहरूले देश निर्माणमा याेगदान दिइरहेका छन्ः भगबती चाैधरी

एक्सन खबर
पौष, ३०, २०७९


लघुवित्त संस्थाहरूले देश निर्माणमा याेगदान दिइरहेका छन्ः भगबती चाैधरी

दुहवी, ३० पुस । सांसद भगबती चौधरीले वर्तमान विश्व नै आर्थिक मन्दीको चपेटामा परेको बेलामा नेपालका लघुवित्त संस्थाहरुले तरलताको अभावलाई सामना गर्दै १५ प्रतिशत ब्याजदरमा लगानी गरेर आफ्नो कर्तव्य निर्वाह गरिरहेको बताएकी छिन् । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथी चौधरीले सो कुरा बताएकी हुन् ।

‘विश्व नै आर्थिक संकटमा जुधिरहेको बर्तमान अवस्थामा नेपालको सूचकहरु पनि कमजोर छन् । यस्तो अवस्थामा लघुवित्त संस्थाहरुले कम ब्याजदरमा लगानी गरेर राष्ट्र निर्माणको अभियानमा सहयोग पुर्याएको सबैले महशुष गर्नुपर्छ ।’ आर्थिक सशक्तिकरणकी अभियान्ता समेत रहेकी सांसद चौधरीले बताइन् ।  

ग्रामीण महिला उत्सुकता विकास मञ्च नेपालले विगत २० वर्षदेखि लघुवित्त कार्यक्रममार्फत विभिन्न क्षेत्रका महिला दिदीबहिनीहरुको आर्थिक, सामाजिक तथा राजनैतिक अवस्थामा सकारात्मक परिवर्तन आएको देखिनुनै यस कार्यक्रमको सफलता भएको चौधरीले बताइन् ।

वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलले फरवार्ड वित्तीय संस्थामा ९९ प्रतिशत सदस्य विपन्न महिला रहेको र कूल लगानीको ७५ प्रतिशत बिना धितो लगानी गरिरहेको जानकारी दिए । उनले अधिकांश वित्तीय संस्थाले कर्जाको ब्याजदर वृद्धि गरिरहेको अवस्थामा लघुवित्त संस्थाहरुले १५ प्रतिशत ब्याजदरमा लगानी गरेर समाज र राज्यलाई योगदान दिएको चर्चा गरे ।

साभारण सभाले अध्यक्ष पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको थियो ।

कार्यक्रममा मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभामा सुनसरी क्षेत्र नं.३ बाट निर्वाचित भगबती चौधरीलाई लघुवित्तको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

उक्त सभाले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गरेको छ । बोनस शेयर वितरण पछि वित्तीय संस्थाको चुक्ता पुंजी रु.एक अर्ब पाँच करोड ५५ लाख ६३ हजार ७३४ हुनेछ ।

सांसद भगबती चौधरीले व्यक्तिगत सञ्चालक पदबाट राजिनामा दिइसकेपश्चात् रिक्त रहेको पदमा बाँकी अवधिका लागि संंस्थापक शेयरधनी कमलसिंह राजवंशीलाई चयन गरिएको छ ।

उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा/नोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई पनि पारित गरेको छ ।

सभामा वित्तीय संस्थाले २०७९ मंसिर मसान्तसम्म एक लाख ५७ हजार एक सय ८२ ग्राहक सदस्यहरुलाई २० अर्ब ४९ करोड ६४ लाख २९ हजार कर्जा प्रवाह गरेको जानकारी गराइएको थियो ।  

सभामा निवर्तमान प्रमुख कार्यकारी अधिकृत तथा गढी गाउँपालिकाका प्रमुख आशनारायण चौधरीले मुलक तरलताको अवस्थामा गुज्रिरहेको अवस्थामा वित्तीय संस्थाले गरेको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै कर्मचारीहरुको लगनशीलता र परिश्रमको प्रशंसा गरे ।

सञ्चालकको तर्फबाट जगतजङ्ग जि.सीले अन्य लघुवित्त संस्थाको तुलनामा फरवार्डले शेयरधनीहरुलाई आशाअनुरुप लगानीको प्रतिफल दिइरहेकोमा बताए । उनले केही व्यक्तिहरुले लघुवित्त क्षेत्रका बारेमा नकारात्मक भ्रम छर्ने दुष्प्रयासप्रति दुःख व्यक्त गर्दै त्यसखालका व्यक्तिहरुसँग जहाँजहिले पनि बहस गर्न आफू तयार रहेको बताए ।

साधारण सभामा सञ्चालक आशुतोष शर्मा, बलराम चौधरी, राजकुमारी चौधरी, प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी, पूर्व सभासद शान्ता अधिकारी पूर्व सञ्चालक सविता पौडेल, ग्रामीण महिला उत्सुकता विकास मञ्चका उपाध्यक्ष कलावती चौधरी, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य वासुदेव गौतमलगायतको उपस्थिति थियो ।

















0 प्रतिकृया