Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


पोखरामा यतिको एटीआर विमान दुर्घटना विमान दुर्घटनाः ३२ यात्रुकाे शब निकालियाे

एक्सन खबर
माघ, १, २०७९


पोखरामा यतिको एटीआर विमान दुर्घटना विमान दुर्घटनाः ३२ यात्रुकाे शब निकालियाे

काठमाडौँ, १ माघ । पोखरामा आज बिहान यति एयरकाे एटीआर विमान दुर्घटनामा परेकाे छ । विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेका छन् । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेका थिए ।

६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा विमान दुर्घटना भएको हो ।

दुर्घटनाकाे पछिल्लाे अपडेट अनुसार ३२ जनाको शव संकलन गरिएको छ । हालसम्म ३२ शवको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले बताएका छन् ।

विमानमा १५ जना विदेशी नागरिक पनि थिए । विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । प्रशिक्षक पाइलटसमेत रहेका क्याप्टेन कमल केसीसहितको चालक दलले पुस ७ गते यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो ।













0 प्रतिकृया