Follow us:


Follow us

४ वैशाख २०८१, मङ्गलवार
४ वैशाख २०८१, मङ्गलवार


प्रधानमन्त्री, गृहमन्त्री, कांग्रेस सभापति द्वारा शाेक व्यक्त

एक्सन खबर
माघ, १, २०७९


प्रधानमन्त्री, गृहमन्त्री, कांग्रेस सभापति द्वारा शाेक व्यक्त

काठमाडाैं, १ माघ । यति एयरलाइन्सको विमान दुर्घटनाप्रति प्रधानमन्त्री सहित विभिन्न दलका नेताहरूदे दु:ख व्यक्त गर्दै वक्तव्य जारी गरेका छन् । दुर्घटनामा उद्धार कार्य तीव्र बनाउन उनीहरूले आफू मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली, कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरूले विज्ञप्ति जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले दुर्घटनास्थलमा उद्धारका लागि खटिन निर्देशन दिएका छन् । साथै आइतबार नै उनले मन्त्रिपरिषद्‍को आकस्मिक बैठक पनि बोलाएका छन् । प्रधानमन्त्री दाहालले दुर्घटनामा परेकाको उद्दारमा कुनै कमजोरी नगर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।

विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको 'रेस्क्यु कोअर्डिनेसन सेन्टर' पुगेर प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिए । प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमान दुर्घटनामा संलग्न सुरक्षा निकायका अधिकारी र कर्मचारी उद्दारकर्ताहरूलाई कुनै पनि कमजोरी र ढिलाइ नगर्न प्रधानमन्त्री दाहालले भनेका थिए । 'रेस्क्यु कार्य चलिरहेको छ । केही शव निकालिसकेको अवस्था छ । खोँचमा भएकाले उद्दार कार्यमा कठिनाइ भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार कार्य गरिरहेको छ,' ठाकुरले भने ।

प्रधानमन्त्री र गृहमन्त्रीले रेस्क्यु कोअर्डिनेसन सेन्टरमा आएर उद्दारमा के भइरहेको छ, उद्दारमा को को संलग्न छन् भन्ने बुझेका थिए । साथै, प्रधानमन्त्रीले दुर्घटनामा परेर जिवित रहेकाहरूलाई तत्काल अस्पताल पुर्‍याउन पनि निर्देशन दिएका थिए ।

गृहमन्त्री रवि लामिछानेले पनि दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै उद्धारका लागि खटिन प्रहरीलाई निर्देशन दिएका छन् । यस्तै, माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले शोक वक्तव्य जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

पूर्वराजा ज्ञानेद्र शाहले पनि एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा मृत्यु हुनेका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि दुःख प्रकट गर्दै उद्दार र राहतमा ध्यान दिन भनेका छन् ।













0 प्रतिकृया