Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


विमान दुर्घटनाः अमेरिकी, चिनियाँ दुतावासद्वारा दुःख व्यक्त

एक्सन खबर
माघ, १, २०७९


विमान दुर्घटनाः अमेरिकी, चिनियाँ दुतावासद्वारा दुःख व्यक्त

१ माघ, काठमाडौं । अमेरिकी दूतावास, चिनियाँ दुतावासले पोखरामा भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । दुवै दुतावासले ट्वीट मार्फत पोखरामा भएको दुर्घटनाले मर्माहत बनाएको बताएका छन् ।

‘आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट हामी अत्यन्त मर्माहत भएका छौं’, अमेरिकी दूतावासले ट्वीट गरेको छ । दूतावासले मृतकका परिवारलाई समवेदनासमेत व्यक्त गरेको छ । साथै, विमान दुर्घटनामा कुनै पनि अमेरिकी नागरिक नपरेको बताएको छ ।

यस्तै, नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सङले पोखरमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा दुःख व्यक्त गरेका छन् । राजदूत छेनले ट्वीटरमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

‘पोखरामा भएको यति एयरलाईन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु । यस दुःखद घडीमा हाम्रो विचार (सहानुभूति) नेपाली जनताको साथमा छ । मृतहकरूप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गर्न चाहन्छु,’ राजदूत छेनले ट्वीटरम उल्लेख गरेका छन् ।

यता, पाकिस्तानको राष्ट्रिय संसदले विमान दुर्घटनामा दुःख व्यक्त गरेको छ । पाकिस्तानको राष्ट्रिसभा संसदका सभामुख राजा पर्वेज असरफ र उपसभामुख जाहिद अक्रम दुर्रानीले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको ९एन एएनसी एटीआर ७२ जहाज सेती खोचमा दुर्घटना भएको थियो । जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।













0 प्रतिकृया