Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


वालुवाटारमा सत्ता साझेदारको बैठक सुरु, मन्त्रीहरुको सपथ भोली

एक्सन खबर
माघ, २, २०७९


वालुवाटारमा सत्ता साझेदारको बैठक सुरु, मन्त्रीहरुको सपथ भोली

काठमाडौं, २ माघ । मन्त्रिमण्डल विस्तार तथा भागबण्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृह मन्त्री रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत उपस्थित रहेका छन ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच भएको भेटवार्ता पछि सत्ता साझेदारको बैठक बोलाईएको हो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच मन्त्रिपरिषद विस्तार गर्ने सहमति भइसकेको छ ।

आज राष्ट्रिय शोक दिवस भएकाले मन्त्रिपरिषद् विस्तार गर्न सम्भवः नभएकाले भोली मंगलवार नयाँ मन्त्रीहरुको सपथ गराउने पनि अनौपचारिक सहमति भएको छ ।

स्रोतका अनुसार स्वतन्त्रलाई तीन, राप्रपालाई तीन मन्त्रालय दिने सहमति भएपनि मन्त्रालय भने टुंगो भईसकेको छैन । जनता समाजवादी पार्टीले भने शर्तसहित सरकारमा सहभागी हुने जनाइरहेको छ । सो पार्टीले उपराष्ट्रपति माग गर्दै आएको छ । 













0 प्रतिकृया