झापाको अर्जुनधारामा नोबेलको स्वास्थ्य शिविर
एक्सन खबर
मोरङ, ३ माघ । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले झापाको अर्जुनधारामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९१३ जना लाभान्वित भएका छन् । आज नोबेलले अर्जुनधारा नगरपालिका वडा नं. १० र सत्याग्रह साप्ताहिकसँगको सहकार्यमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा महिला, बालबालिका, जेष्ठ नागरिक सहित आम सर्वसाधारणले सेवा लिएका छन् ।
नोबेलका चिकित्सकहरु सम्मिलित निःशुल्क स्वास्थ्य शिविरमा १२२ जनाको इसिजी, १६२ जनाको ल्याब परीक्षण तथा १७९ जनाको भिडियो एक्सरे गरिएको नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविरमा १७ जनाको दाँत खोलिएको थियो ।
नोबेलकी म्यानेजिङ डाइरेक्टर इन्दीरा शर्माले नोबेलको निःशुल्क स्वास्थ्य शिविरबाट प्रदेश १ का विभिन्न जिल्ला र क्षेत्रका जनताहरु लाभान्वित भएको बताइन् । हाल प्रतिनिधि सभा सदस्य रहेका समाजसेवी डा. सुनिल शर्माले ५ वर्षदेखि नोबेलको सेवालाई गाउँगाउँ पुर्याउन निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए ।
0 प्रतिकृया