Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


चीन जाँदै अमेरिकी विदेशमन्त्री

एक्सन खबर
माघ, ४, २०७९


चीन जाँदै अमेरिकी विदेशमन्त्री

न्युयोर्क, ४ माघ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको भ्रमण गर्ने भएका छन् । वासिंगटन र बेइजिङबीच तनाव चर्किरहेका बेला विदेशमन्त्री ब्लिन्केनले चीचनको भ्रमण गर्न लागेका हुन् ।

ब्लिनकेनको विदेश भ्रमणको तालिका सार्वजनिक गरिएको छैन । तर, यसै साता उनी चीन जाने पोलिटकोले जनाएको छ । दुई दिने उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिकहरुलगायत रहेको जनाइएको छ ।

भ्रमणका क्रममा विदेशमन्त्री ब्लिनकेनले चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने छन् ।  अमेरिकी विदेश मन्त्रालय र चीन सरकारले भ्रमणसम्बन्धी आधिकारिक विवरण  सार्वजनिक गर्न बाँकी छ ।













0 प्रतिकृया