Follow us:


Follow us

६ वैशाख २०८१, बिहिवार
६ वैशाख २०८१, बिहिवार


सभामुख निर्वाचनका लागि आज मनोनयन दर्ता

एक्सन खबर
माघ, ४, २०७९


सभामुख निर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं, ४ माघ । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ताकाे कार्यक्रम रहेकाे छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ । सभामुखको निर्वाचन भाेली बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्य मध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ । उक्त समय घर्किन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो ।

सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ । गठबन्धनका तर्फबाट एमालेबाट निर्वाचित सांसदले उम्मेदवारी दर्ता गराउने छन् । एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छैन ।

सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षी दल दाबी गरिरहेको नेपाली कांग्रेस भने सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय नगरेपनि सभामुखको उम्मेदवारीबारे छलफल गर्न आज बिहान ९ बजे कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।













0 प्रतिकृया