Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


प्रतिनिधिसभाको सभामुखमा घिमिरे र न्याैपानेकाे उम्मेदवारी दर्ता

एक्सन खबर
माघ, ४, २०७९


प्रतिनिधिसभाको सभामुखमा घिमिरे र न्याैपानेकाे उम्मेदवारी दर्ता

काठमाडौं, ४ माघ । प्रतिनिधि सभाकाे सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र कांग्रेसले ईश्वरी न्यौपानेकाे उम्मेदवारी परेकाे छ । प्रतिनिधिसभाको सभामुखका लागि  आज निर्धारित समयमा घिमिरे र न्याैपानेले उम्मेदवरी दर्ता गराएका हुन् ।

घिमिरेकाे प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।

यस्तै, कांग्रेसकी उम्मेदवार न्याैपानेकाे प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला रहेका छन् ।  संसद सचिवालयले भोलि हुने सभामुख चयन प्रक्रियामा साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो ।



















0 प्रतिकृया