Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने

एक्सन खबर
माघ, ४, २०७९


विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने

काठमाडौं, ४ माघ । मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।

सरकारले देशभरका क्रसर उद्योगहरुबारे अध्ययन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‌को बैठकका निर्णयबारे जानकारी दिँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अवैध तथा वैध रुपमा सञ्चालित क्रसरबारे अध्ययन गरेर क्रसर उद्योगहरू खोल्नेबारे निष्कर्षमा पुग्ने निर्णय गरेको बताए ।

अध्ययन गर्ने समितिमा जिल्ला समन्वय अधिकारी, क्रसर व्यवसायी संघका अध्यक्ष, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, नापी कार्यालय, सडक डिभिजन कार्यालय, जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय, विद्युत् कार्यालय तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरू रहने बताइएको छ ।

यस्तै, सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।














0 प्रतिकृया