सांसद डा. सुनिल शर्माको निःशुल्क एम्बुलेन्स क्याम्पबाट बिरामी लाभान्वित
एक्सन खबर
विराटनगर, ६ माघ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २०३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । प्रतिनिधि सभा सदस्य डा. शर्माद्वारा आफ्नो क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले सञ्चालित निःशुल्क स्वास्थ्य शिविर (एम्बुलेन्स क्याम्प) मोरङको सुन्दर हरैंचा त्रिवेणी चौकमा गरिएको थियो ।
आज शुक्रबार आयोजित शिविरमा ३४ जनाको इसिजी, ४९ जनाको भिडियो एक्सरे, ३१ जनाको ल्याब परीक्षण गरिएको छ । शिविरमा आएका मध्ये ४ जनाको दाँत खोलिएको छ । शिविरमा नोबेल शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरुले आम सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गर्दछन् ।
शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, बाल रोग जस्ता विषयगत चिकित्सकहरुले स्वास्थ्य जाँच गर्ने गर्छन् । सांसद डा. शर्माले जनतालाई गाउँघरमै सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले हरेक शुक्रबार निःशुल्क एम्बुलेन्स क्याम्प गरिएको बताए ।
डा. शर्माले मोरङ क्षेत्र नं. ३ का जनताको लागि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेका छन् । सो क्षेत्रका जनताका लागि भनेर उनले नोबेल शिक्षण अस्पतालमा ५० बेडको निःशुल्क क्याविन सञ्चालन गरिदिएका छन् ।
0 प्रतिकृया