केएमसीको निःशुल्क स्वास्थ्य शिविर ललितपुरको तिखीदेवलमा
एक्सन खबर
काठमाडौं, ६ माघ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको तिखीदेवलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले आज ललितपुर महानगरपालिका वडा नं. १४ सँगको सहकार्यमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५९३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
स्वास्थ्य शिविरमा सो क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा आम सर्वसाधारण जनताको सहभागीता रहेको थियो । केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार स्वास्थ्य शिविरमा ४१ जनाको इसिजी, ८९ जनाको ल्याब परीक्षण, ७८ जनाको भिडियो एक्सरे गरिएको छ । उनले स्वास्थ्य शिविरमा ९ जनाको दाँत खोलिँदा २७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको पनि जानकारी दिए ।
केएमसीले आफ्ना सेवाहरुलाई सर्वसाधारण जनताका घरघर पुर्याउने र स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरहरु चलाई रहेको केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले जानकारी दिए । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष समाजसेवी डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका हुन् । केएमसीले काठमाडौं उपत्यका, उपत्यकासँग जोडिएका जिल्लाहरुमा स्थानीय संघसंस्था र स्थानीय तहसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आइरहेको छ ।
0 प्रतिकृया