बुधबार माओवादी केन्द्रको स्थायी समिति र १५ माघमा केन्द्रीय समिति बैठक
एक्सन खबर
काठमाडौं, ८ माघ । नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक परिस्थीति तथा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो ।
सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सोअघि ११ माघ (आउँदो बुधबार) स्थायी कमिटी बैठक बस्नेछ । दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरी केन्द्रीय समितिवाट अनुमोदन गरिनेछ ।
जसका लागि शनिबार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन् ।
0 प्रतिकृया