Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


वीपी प्रतिष्ठानका किर्ते प्राध्यापकधारी उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्दा दायर

एक्सन खबर
माघ, ९, २०७९


वीपी प्रतिष्ठानका किर्ते प्राध्यापकधारी उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । आयोगले नपाएको ओहोदा पाएँ भनी पदीय मर्यादा विपरीत काम गरेको भन्दै डा. गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले डा. गिरीले गरेको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएको भन्दै अख्तियारले उनलाई सोही दफा अनुसार एक वर्षदेखि २ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँ जरिवाना माग गरिएको बताए ।

उपकुलपति पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस् भनी बदनियत साथ आधिकारीक निकायबाट प्राप्त नपाएको ओहदा पाएँ भनी दुरुपयोग गरेको देखिएको छ ।’ भण्डारीले भने ।

प्रतिष्ठानको उपकुलपति नियुक्त डा. गिरीले आफ्नो नामको अगाडि प्राध्यापक लेख्दै आएका थिए । उनको प्राध्यापक पद नक्कली भएको भन्दै लामो समय प्रतिष्ठानमा आन्दोलन भएको थियो । साथै उक्त कार्यमा ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका देखिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसुरमा कार्कीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

आयोग र नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानका 'फ्याकल्टी'बारे अध्ययन गर्न टोली बनाएकोमा डा. गिरीले 'प्राध्यापक' लेख्न पाउने कानुनी आधार नभएको बताएकाे थियाे ।













0 प्रतिकृया