Follow us:


Follow us

१६ चैत २०८०, शुक्रवार
१६ चैत २०८०, शुक्रवार


महोत्तरीमा नोबेलको तीन दिने निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
माघ, ९, २०७९


महोत्तरीमा नोबेलको तीन दिने निःशुल्क स्वास्थ्य शिविर

मोरङ, ९ माघ । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत महोत्तरीको मनरासीसवा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोबेलले आज एनम एस आर ए जनकपुरधाम, स्वास्थ्य कार्यालय महोत्तरी, आपुुर्ती स्वास्थ्य महाशाखा जनकपुरसँगको सहकार्यमा मनरा बजारमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ९५० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १०९ जनाको इसिजी, १७८ जनाको ल्याब परीक्षण, १९७ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, ३७ जनाको दाँत समेत खोलिएको छ ।

२ दिने निःशुल्क क्याम्पमा आज र भोलीसम्म सात सय भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिने लक्ष्य लिइएको छ । नोबेलका प्रबन्ध निर्देशक इन्दीरा शर्माले आम सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य सेवा गरिएको बताइन् ।

नोबेलका संस्थापक डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य सेवाको अभियान सुरु गरेका हुन् । स्वास्थ्य सेवा र समाजसेवामा उल्लेखनीय योगदान पुर्याएका डा. शर्मा हाल प्रतिनिधि सभा सदस्य छन् ।













0 प्रतिकृया