Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


नेपाल इन्जिनियरिङ कलेजमा वादविवाद प्रतियाेगिता

एक्सन खबर
माघ, ९, २०७९


नेपाल इन्जिनियरिङ कलेजमा वादविवाद प्रतियाेगिता

काठमाडाैं, ९ माघ । सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालित क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) ले नेपाल इन्जिनियरिङ डिबेट च्याम्पियनसिप (एनईडीसी) को दोस्रो संस्करण सम्पन्न गरेको छ ।

एनईडीसी एशियाई तथा अस्ट्रेलियाली संसदीय ढाँचामा गराइने वादविवाद प्रतियोगिता हो । प्रतियोगितामा २ टोलीहरू हुन्छन् जसमा १ टोलीले सत्तापक्षको दायित्व निभाउँछन् र अर्को टोलीले प्रतिपक्षको दायित्व निभाउँछन् । टोलीमा अध्यक्ष, उपाध्यक्ष र सचेतक गरी ३ जना हुन्छन् ।

एनईडिसीको दोस्रो संस्करण पौष २१ गते देखि सुरुवात भएको थियो । यस दिन ८ वटा टोली निर्माण भए र आठै टोलीहरुलाई वादविवादका विषयहरु प्रदान गरियो । यस सत्रमा सम्पूर्ण टोलीहरूले संसदीय ढाँचा कस्तो हुन्छ भन्नेबारे जानकारी दिइएकाे थियाे । २ हप्ताको तयारी पश्चात माघ ५ गते अभ्यास सत्र राखिएकाेमा सत्तापक्ष र प्रतिपक्ष टोलीहरूले सम्बन्धित विषयमा एकअर्कासँग वादविवादको अभ्यास गरेका थिए । आठवटा टोलीबाट सर्वोत्कृष्ट ४ टोली प्रि-फाइनल पुगेका थिए ।

कार्यक्रमकाे निर्णायक मण्डलमा कलेजका सहायक प्राध्यापक दयासागर निरौला साथै कार्डका पूर्व कार्यक्रम संयोजक आशुतोष मणी त्रिपाठी थिए । माघ ७ गते प्रि-फाइनल तथा फाइनल राउन्ड भएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथिमा नेपाल इन्जिनियरिङ कलेजका प्राज्ञिक संयोजक सहप्राध्यापक बाबुराम भट्टराई, राष्ट्रिय युवा परिषदको खुलनाथ गौतम थिए । कार्डकि अध्यक्ष समी सुवेदीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले सहभागिता जनाउने चाहना राखेपनि कार्यव्यस्तताका कारण उपस्थित हुन सकेनन् ।

कार्यक्रममा निर्णायक मण्डलका रुपमा सहप्राध्यापक गणेश प्रसाद अधिकारी, सहायक प्राध्यापक दयासागर निरौला तथा जुनियर प्राध्यापक यमकृष्ण पौडेलको उपस्थिति रहेको थियो । प्रि-फाइनल राउण्डमा सहभागी ४ टोलीले दुईवटा विषयमा वादविवाद गरेका थिए । पहिलो विषय “अवसरका लागि ईन्जिनियरहरु विदेशिनु पर्ने आवश्यकता छैन” भन्ने थियो ।

दोस्रो विषय “एमसीसी नेपालका लागि उपयुक्त व्यवस्था होइन” भन्ने रहेको थियो। “अवसरका लागि ईन्जिनियरहरु विदेशिनु पर्ने आवश्यकता छैन” भन्ने शिर्षकमा भएको वादविवादमा निर्णायक मण्डलले सत्तापक्षको टोलीलाई विजेता घोषित गरेका थिए । त्यसैगरी “एमसीसी नेपालका लागि उपयुक्त व्यवस्था होइन”भन्ने विषयमा प्रतिपक्षको टोलीले विजयी भए ।

फाइनल राउण्डका लागि छनाैट भएकाे टाेलीहरूमा पहिलो टोलीमा सुवास खनाल, किरण लिम्बु र आशिष तिमल्सिना रहेका थिए भने दोस्रो टोलीमा सुदिसना खड्का, आयुषा कार्की र सचिता पुडासैनी रहेका थिए । फाइनल राउण्डको शीर्षकमा “आर्टिफिसियल इन्टेलिजेन्स मानव सभ्यताका लागि खतरनाक  छ” भन्ने थियाे ।

वादविवादमा दोस्रो टोलीले सत्तापक्षको जिम्मेवारी निर्वाह गर्दै थियो भने पहिलो टोलीले प्रतिपक्ष भएर बोल्नुपर्ने थियो । प्रतिष्पर्धामा सुवास खनाल, किरण लिम्बु र आशिष तिमिल्सिनाकाे टाेली विजयी भयाे । उपविजेता सुदिसना खड्का, आयुषा कार्की र सचिता पुडासैनीकाे टाेली भयाे ।

उनीहरूलाई प्रमुख अतिथिले पदक, ट्रफी र नगद पुरस्कार वितरण गरेका थिए ।  प्रतियाेगितामा सर्वश्रेष्ठ वक्ताको उपाधि सचिता पुडासैनीले प्राप्त गरिन् ।














0 प्रतिकृया