Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


संसद भवन अगाडी आत्मदाहकाे प्रयास गर्ने आचार्यकाे मृत्यु

एक्सन खबर
माघ, ११, २०७९


संसद भवन अगाडी आत्मदाहकाे प्रयास गर्ने आचार्यकाे मृत्यु

काठमाडाैं, ११ माघ । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । आचार्यको आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मंगलबार संसद भवन अगाडि इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।

उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने छ । आत्मदाह गर्नुअघि आचार्यले व्यवसायिक क्षेत्रमा सबै उपाय लगाउँदा पनि सफल हुन नसकेकाे भन्दै फेसवुकमा लामो स्टाटस लेखेका थिए ।

उनले कृषि कर्म गर्दा मुलुकका ठूला व्यापारिक घरानाहरूबाट पिडित भएकाे, जतिसुकै गरेपनि नेपालमा इमान्दार भएर गरेर खान नसकिएकाे भन्दै भाटभटेनी सुपर मार्केटका मिनबहादुर गुरूङ, आइएमइ ग्रुपका चन्द्र प्रसाद ढकाल लगायत सबैले डुबाएकाे जिकिर गरेर स्टाटस लेखेका थिए ।













0 प्रतिकृया