डा. सुनिल शर्माको निःशुल्क एम्बुलेन्स शिविरबाट १५१ जना लाभान्वित
काठमाडौं, १३ माघ । सासद डा. सुनिल शर्माले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स शिविरमा १५१ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य डा. शर्माद्वारा आफ्नो क्षेत्रका जनतालाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेका छन् ।
शुक्रबार मोरङ पथरी नगरपालिका वडा नं. १० चौकी डाँडामा गरिएको निःशुल्क एम्बुलेन्स शिविरमा ३५ जनाको इसिजी, ४४ जनाको ल्याब परीक्षण, ५१ जनाको भिडियो एक्सरे तथा ३ जनाको दाँत खोलिएको नोबेल शिक्षण अस्पतालका अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
सांसद डा. शर्माको स्वास्थ्य अभियानलाई नोबेलले सफल बनाउन सहकार्य गर्दै आइरहेको छ । ५ वर्ष यता नोबेलले मोरङ क्षेत्र नं. ३ सँगै प्रदेश १, मधेश प्रदेशमा नियमित रुपमा निःशु्ल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा विपन्न, गरिब नागरिकलाई ठूलो राहत पुगेको छ । ‘स्वास्थ्य, शिक्षा जस्ता जनताका आधारभूत विषयहरुलाई गाउँगाउँ पुर्याउनु पर्छ भन्ने मेरो मान्यता हो, मेरो क्षेत्रका कुनैपनि जनताले उपचार नपाएर दुखः व्यहोर्नु नपरोस भनेर निःशुल्क एम्बुलेन्स शिविर गरेका हुँ ।’ डा. शर्माले भने । त्यसो त डा. शर्माले आफ्नो क्षेत्रका जनताका लागि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको ७२ घण्टा भित्र नोबेल अस्पतालमै ५० वेडको क्याविन नै सञ्चालन गरिसकेका छन् ।
नोबेल शिक्षण अस्पतालकी प्रबन्ध निर्देशक इन्दीरा शर्माले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन अस्पताल प्रतिबद्ध रहेको बताउँदै डा. शर्माको अभियानलाई सफल बनाउन प्रतिबद्ध रहेको बताइन् ।
0 प्रतिकृया