राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते
काठमाडौं, १३ माघ । राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएकाे छ । संघीय संसद सचिवालयले माघ २३ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेकाे हाे ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले सचिवालयलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिए अनुसार माघ २२ गते उम्मेदवारी दर्ता र २३ गते मतदान गर्नेगरी कार्यतालिका सार्वजनिक गरिएकाे छ ।
राष्ट्रियसभाको उपाध्यक्ष पद झण्डै एक वर्षदेखि रिक्त छ ।
0 प्रतिकृया