Follow us:


Follow us

१४ चैत २०७९, मङ्गलवार
१४ चैत २०७९, मङ्गलवार


एक लाख पुरस्कार राशीको राष्ट्रिय बाल नाटक प्रतियोगिता हुँदै

एक्सन खबर
माघ, १४, २०७९




एक लाख पुरस्कार राशीको राष्ट्रिय बाल नाटक प्रतियोगिता हुँदै

काठमाडौं, १४ माघ । नाट्यकर्मी महासंघले राष्ट्रिय बाल नाटक मेला आयोजना गर्ने भएको छ । आगामी फागुन १ देखि ७ गतेसम्म आयोजना हुने नाटक मेलाको उत्कृष्ट हुने नाटकलाई नगद १ लाख पुरस्कार प्रदान गरिने आयोजकले घोषणा गरेको छ ।

त्यसका साथै अन्य २० वटा विधागत पुरस्कारहरु पनि प्रदान गरिने छ । आयोजनाका लागि साँस्कृतिक संस्थान र विद्यालयहरुको संस्था प्याब्सनको सहकार्य रहनेछ ।  

बालबालिकाहरु संवेदनशील हुन्छन्, उनीहरुको संवेदनालाई समयमै उचित मार्गदर्शन हुन सकेन भने उनिहरुको गति, दिशा र गन्तव्यले सही बाटो पहिल्याउन नसक्ने गम्भीर जोखिम रहन सक्छ । अतः औपचारिक शिक्षाका साथै सिर्जनशिलताका विविध माध्यमहरुको उपयोगले उनिहरुको मानसिक विकासमा सहयोग पुग्न सक्छ भन्ने अभिप्रायले राष्ट्रिय बाल नाटक मेला २०७९ आयोजना गरिएको बताईएको छ ।
 
नाटक मेलामा सहभागिताका लागि देशभरिबाट नाटक आव्हान गरिएको छ । मेलामा सहभागिताका लागि प्राप्त नाटकहरु मध्येबाट अन्तिम प्रतिष्पर्धाका लागि २० वटा नाटक छनौट गरिने छ ।

अन्तिम छनौटमा परेका नाटकहरु मेलामा मञ्चन हुनेछन् । प्रतियोगितात्मक रुपमा सञ्चालन हुने मेलामा उत्कृष्ट नाटकका साथै उत्कृष्ट निर्देशन, उत्कृष्ट कलाकारहरु जस्तै शीर्ष चरीत्र, सहायक चरीत्र, हास्य चरीत्र, नकारात्मक चरीत्र एवम् संगीत, ध्वनि, मञ्च परिकल्पना तथा निर्माण, लगायत २० वटा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ । सबै विधागत विजेताहरुलाई नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने महासंघकी अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिए ।















0 प्रतिकृया