कांग्रेस केन्द्रीय नेतृत्वलाई अनुशासनको कारवाही गर्नुपर्ने माग
धरान, १६ माघ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलीय गठबन्धन र सीट बाँडफाँडमा गलत भएको ठहर गरेको छ । निर्वाचन समीक्षा गर्दै कांग्रेसले चुनावी गठबन्धनको नीति र सीट बाँडफाँड गलत भएको बताएको हो ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा आयोजित समीक्षा कार्यक्रममा विचार राख्ने अधिकांशले पार्टीले लिएको चुनावी गठबन्धनको नीति र सीट बाँडफाँड गलत भएको बताए । उनीहरुले चुनाव अघि नभई चुनावपछि सरकार सञ्चालनमा मात्र गठबन्धन गर्न उपयुक्त हुने विचार राख्दै गठबन्धन नै गर्दा पनि सुनसरी क्षेत्र नं. १ मा भने संघ र प्रदेश वा दुवै प्रदेशमा कांग्रेस लड्नु पर्ने तर्क राखेका थिए ।
त्यस्तै स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगरिएको भए राम्रो नतिजा आउने बताउंदै धरानमा पूर्ण गठबन्धन नभई आंशिक गठबन्धन गरिनु पनि गलत भएको बताए । उनीहरुले पार्टीको चुनावी गठबन्धन नीति र सीट बाँडफाँड गलत हुनु नै हारको मूख्य कारण रहेकोतर्फ इङ्गित गरे । गुटगत भावना र महाधिवेशनको तिक्तता पनि हारको अर्को कारण बनेको उनीहरुले औल्याए ।
संगठन राम्रो हुँदाहुँदै पनि केन्द्रीय नेतृत्वको कमजोरीका कारण कार्यकर्तामा उत्साह नआएको, विद्रोहीपन उत्पन्न भएको र गुटगत प्रतिशोध पैदा गराएकाले केन्द्रीय नेतृत्वलाई नै अनुशासनको कारवाही गर्नुपर्ने बताए । तथापी पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन प्रत्यक्ष भूमिका खेलेका स्थानीय नेता कार्यकर्तालाई भने अनुशासनको कारवाही गर्नबाट चुक्न नहुनेमा जोड दिए ।
सभापति तामाङले समीक्षा कार्यक्रमबाट आएका सुझाव, गुनासा र विचार माथि स्थानीय नेतृत्वको बैठक बसी आवश्यक निर्णय लिइने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद मिना सुब्बा, १ नं. प्रदेश सदस्यद्धय गणेश परियार र अन्जना राई, जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद ममता तामाङ, महासमिति सदस्यहरु तिलक राई, जगतबहादुर कार्की र कृष्णकला मादेन, प्रदेशसभा १(१) र १(२) सभापति क्रमशः अनिल श्रेष्ठ र मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, प्रत्यासी उम्मेदवारद्धय किशोर राई र वुद्धि कटवाल, महाधिवेशन प्रतिनिधि राजु साह लगायत जिल्ला, क्षेत्र, प्रदेशसभा, नगर, वडा र टोल समितिका नेता तथा विभिन्न भातृ र शुभेच्छुक संस्थाका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य अजय राई, बराहक्षेत्र ३ का वडा अध्यक्ष राजदीप लामा, क्षेत्रीय प्रतिनिधि निर्मला गुरुङ, प्रदेशसभा १(२) सचिव विजय घिमिरे, क्षेत्रीय सदस्य पदमसुन्दर लिम्वु, धरान ६ का कार्यवाहक सभापति विरबहादुर कार्की, धरान ५ का वडा सभापति कुमार देवान, बराहक्षेत्र २ का वडा सभापति अमर कटवाल, क्षेत्रीय सल्लाहकार कर्णबहादुर कार्की, धरान १ का कार्यवाहक सभापति सुमन श्रेष्ठ, प्रदेशसभा सदस्य दिनेश न्यौपाने, प्रदेशसभा १(१) का उपसभापति झुमादेव िराई, धरान १० का वडा सभापति पावेल राई, धरान १५ का वडा सचिव राजकुमार श्रेष्ठ, प्रदेशसभा१(१) सदस्य सुवास राई, क्षेत्रीय प्रतिनिधि पुष्पा ढकाल, शारदा प्रसाद भट्टराई लगायतले समीक्षात्मक विचार राखेका थिए ।
0 प्रतिकृया