Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


लेटाङमा नाेबेलको निःशुल्क स्वास्थ्य शिविरबाट ८६३ लाभान्वित

एक्सन खबर
माघ, १६, २०७९


लेटाङमा नाेबेलको निःशुल्क स्वास्थ्य शिविरबाट ८६३ लाभान्वित

काठमाडौं, १६ माघ । नोबेल शिक्षण अस्पतालले मोरङको लेटाङमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । नोबेलले लेटाङ प्राथमिक स्वास्थ्य केन्द्रसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालले उक्त स्वास्थ्य शिविरमा ८६३ जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको जानकारी दिए । दाहालका अनुसार उक्त शिविरमा १२७ जनाको इसिजी, १८७ जनाको ल्याब परीक्षण, १९३ जनाको भिडियो एक्सरे गरिएको छ । स्वास्थ्य शिविरमा १७ जनाको दाँत खोलिएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा बाल रोग, स्त्री रोग, नसा तथा हाडजोर्नी, जनरल मेडिसिन, नाक कान घाँटी, आँखा रोग लगायतका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्ने गरेको नोबेलकी प्रबन्ध निर्देशक इन्दीरा शर्माले जानकारी दिइन् । जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न ५ वर्षदेखि निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरिएको हो ।

नोबेलका संस्थापक डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए । डा. शर्मा अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर आएपनि उनको अभियानलाई निरन्तरता दिईदै आइएको छ ।















0 प्रतिकृया