विभेदरहित समाज निर्माण गर्न सबै लाग्नुपर्छः भगबती चौधरी
सुनसरी, १९ काठमाडौं । स्थानीय निकाय सुविधा सम्पन्न र बलियो हुँदा जनताले सहज सेवा सुविधा पाउने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । गृह जिल्ला सुनसरीको भ्रमणमा रहेकी चौधरीले गढी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै नयाँ भवनले जनतालाई व्यवस्थित र सहज रुपमा सेवाहरु दिने बताएकी हुन् ।
२०७२ सालको नयाँ संविधानले सिंहदरबारको अधिकार गाउँगाउँ आएको उल्लेख गर्दै मन्त्री चौधरीले यसअघिको केन्द्रीकृत सरकारले जनतालाई सास्ती दिएको बताइन् । ‘संघीयता आएपछि सिंहदरबारमा रहेका अधिकारहरु गाउँगाउँ आएका छन्, जनताले स्थानीय निकाय मार्फत गाउँघरमै अधिकारहरु पाएका छन् । यद्यपि, यसलाई अझ व्यवस्थित, पारदर्शी र जनमैत्री बनाउन आवश्यक छ ।’ मन्त्री चौधरीले भनिन् ।
आफ्नो मन्त्राय अन्तरगत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसंख्यक नागरिकलाई सेवा दिन आफु तत्पर रहेको उल्लेख गर्दै मन्त्री चौधरीले मन्त्रालयसँग सिमित बजेट, श्रोत साधनको कमी तथा स्टक्चर नै नभएकाले ग्रासरुटबाटै पुनः स्टक्चरहरु निर्माण गर्न लागि परेको बताइन् । ‘संघीयता कार्यान्वयनपछि मन्त्रालयका स्टक्चरहरु हटाइएकाले जनताको घरदैलोमै पुगेर सेवा दिन समस्या भइरहेको छ, यद्यपि, म यसलाई पुनः अगाडी बढाउने तर्फ लागेकी छु ।’ महिला, बालबालिका र ज्येष्ठ नागरिकका सवालहरु स्थानीय सरकारसँग पनि रहेको उल्लेख गरिन् ।
चौधरीले विकासहरु कुनै पार्टी र सिद्धान्तका आधारमा गर्न नहुने भन्दै विभेदरहित हिसाबले काम गर्न सुझाईन् । जनप्रतिनिधिहरु पार्टीबाट निर्वाचित भएपनि जनताको साझ प्रतिनिधि बन्नुपर्ने जिकीर गर्दै अन्यायलाई न्यायमा बदल्न जनप्रतिनिधिहरु जिम्मेवार बन्नुपर्ने बताइन् । मन्त्री चौधरीले आफ्नो मन्त्रालय विकासे मन्त्रालय नभएता पनि अन्तरमन्त्रालयसँग समन्वय गरेर गाउँमा विकासका पूर्वाधारहरु खडा गर्ने, कार्यक्रम ल्याउने बताउँदै स्थानीय निकायहरुलाई कार्यक्रम बनाएर आउन सल्लाह दिइन् ।
कार्यक्रममा प्रदेश १ का सांसद रोहित बहादुर कार्की, रामदेव यादव, सिताराम मेहता, प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे लगायतले बोलेका थिए । मन्त्री चौधरीले बुधबार नै गढी गाउँपालिका औरावनीमा पालिका, संकल्प नेपाल, ह्याविट्याट नेपालको सहयोगमा निर्माण हुन लागेका करम सुरक्षित आवास निर्माणको समेत शिलान्यास गरेकी छिन् ।
0 प्रतिकृया