Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


बीपी प्रतिष्ठानका शिक्षाध्यक्षलाई निमित्त उपकुलपतिकाे समेत जिम्मेवारी

एक्सन खबर
माघ, २०, २०७९


बीपी प्रतिष्ठानका शिक्षाध्यक्षलाई निमित्त उपकुलपतिकाे समेत जिम्मेवारी

सुनसरी, २० माघ । धरान स्थित  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. सन्जिव कुमार शर्मा नियुक्त भएका छन् । निवर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचारकाे अभियाेगमा अख्तियारले मुद्दा दायर गरेपछि शिक्षाध्यक्ष डा. शर्मालाई निमित्त उपकुलपतिकाे समेत जिम्मेवारी दिइएकाे हाे ।

सरकारले शुक्रबारदेखि प्रतिष्ठानको शिक्षाध्यक्षसमेत रहेका डा. शर्मालाई उपकुलपतिको जिम्मेवारी प्रदान गरेको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए । प्रतिष्ठानको निवर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि प्रतिष्ठान उपकुलपति विहीन थियाे ।

डा. शर्माले उपकुलपति र शिक्षाध्यक्ष दुवै पदको जिम्मेवारी बहन गर्ने मन्त्रालयका सचिव डा. पाेखरेलले जानकारी दिए । उपकुलपति जिम्मेवारी पाएका शर्माले स्वास्थ्य मन्त्रालयले जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने बताएका छन् । उनी प्रतिष्ठानमा मात्र नभएर नेपालकै नाम चलेका चिकित्सक हुन् ।













0 प्रतिकृया