Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


तारकेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
माघ, २२, २०७९


तारकेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २१ माघ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले तारकेश्वरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीले आज तारकेश्वर नगरपालिका वडा नं. ११ मा रहेको युनाइटेड स्कलर एकेडेमीको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा ६४२ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार स्वास्थ्य शिविरमा ८७ जनाको इसिजी, ९५ जनाको ल्याब परीक्षण, ९३ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, शिविरमा आएका मध्ये १३ जनाको दाँत खोलिएको तथा २१ जनालाई ओ.टी. रेफर गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले २ वर्षयता नियमित रुपमा सञ्चालन गरिरहेको निःशुल्क स्वास्थ्य शिविरबाट काठमाडौं उपत्यका, त्यससँग जोडिएका जिल्लाहरुका नागरिकले लाभ लिइरहेका छन् ।

केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले तत्कालिन कार्यकारी अध्यक्ष हालका सांसद डा. सुनिल शर्माले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा गाउँघरमा रहेका नागरिकले सुलभ स्वास्थ्य सेवा पाएकाले निःशुल्क स्वास्थ्य शिविर लगातार चलिरहने बताए ।















0 प्रतिकृया