Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


नेकका विद्यार्थीहरूलाई आईआईटीमा पिएचडी अध्ययनकाे जानकारी

एक्सन खबर
माघ, २३, २०७९


नेकका विद्यार्थीहरूलाई आईआईटीमा पिएचडी अध्ययनकाे जानकारी

काठमाडाैं, २३ माघ । सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)का विद्यार्थीलाई भारतको इन्डियन इष्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) गान्धीनगरमा पीएचडी अध्ययनको अवसरबारे जानकारी दिइएकाे छ ।

आईआईटी गान्धीनगरका करिअर डेभलपमेन्ट अफिसर सौमिल शाह र पोष्ट ग्राजुयट स्टडिजका डिन सौम्यकान्त खातुनले कलेजकाे स्थलगत भ्रमण गर्दै पीएचडी अवसर, कलेजकाे शैक्षिक तथा भाैतिक अवस्थाका बारेमा जानकारी गराए ।

उनीहरुले कलेजको लगनखेलस्थित माष्टर्स तहको अध्यापन हुने नेक सिपिएस र भक्तपुर दुवाकोटस्थित कलेजका विभिन्न विभागहरुको अवलोकन भ्रमण गर्दै समर रिसर्च इन्टर्नशिपबारे अवगत गराएका थिए । आइतबार र सोमबार दुई दिन लगाएर उनीहरूले कलेजमा भ्रमण गर्दै विद्यार्थीहरूलाइ साढे दुईदेखि तीन महिनासम्मको फ्रि अफ कष्ट पेड ट्रेनिङ भएको जानकारी दिए ।

कलेजका उपप्राध्यापक तथा अन्तराष्टिय कार्यक्रम संयोजक कृष्णविक्रम शाहले पीएचडी अध्ययनका लागि अवसर दिन नेक र आइआइटीबीच समझदारीपत्रमा हस्ताक्षर हुने बताए । त्यस अवसरमा विद्यार्थी तथा कलेजका शिक्षकहरुवीच आगामी सहकार्यका बारेमा पनि छलफल भएको जनाइएको छ ।

साे अवसरमा कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले आइआइटीका प्रतिनिधिहरूलाई मायाकाे चिनाे प्रदान गरेका थिए । साे अवसरमा कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराईलगायतको सहभागिता थियाे ।

आइआइटी कलेज भारतकाे प्रतिष्ठित शैक्षिक संस्था हाे । गुजरात गान्धिनगरमा अवस्थित कलेजमा पाेस्ट ग्राजुएट कार्यक्रम तर्फ १५ वटा विषयमा मास्टर्स र पिएचडी तहकाे अध्ययन अध्यापन हुने गर्दछ ।













0 प्रतिकृया