Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


बौद्धमा केएमसीको स्वास्थ्य शिविरबाट ५३९ जना लाभान्वित

एक्सन खबर
माघ, २५, २०७९


बौद्धमा केएमसीको स्वास्थ्य शिविरबाट ५३९ जना लाभान्वित

काठमाडौं, २५ माघ । काठमाडौं मेडिकल कलेजले बौद्धमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले आज अरुणिमा स्कुलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा ५९३ जना बिरामीको स्वास्थ्य परीक्षण गर्दा ८९ जनाको इसिजी, ७५ जनाको ल्याब परीक्षण र ९० जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा आएका मध्ये ७ जनाको दाँत खोलिएको थियो भने, २२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले २ वर्षयता लगातार गरेको निःशुल्क स्वास्थ्य परीक्षणबाट हज्जारौं सर्वसाधारण लाभान्वित भइसकेका छन् । निःशुल्क स्वास्थ्य शिविरमा केएमसीका विशेषज्ञ चिकित्सकहरुले नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग लगायतको स्वास्थ्य परीक्षण गर्ने गरेको प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले जानकारी दिए । केएमसीमा तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिल शर्मा (हाल प्रतिनिधि सभा सांसद) ले निःशुल्क स्वास्थ्य शिविरको अभियान थालनी गरेका हुन् ।















0 प्रतिकृया