Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


डा. शर्माको निःशुल्क एम्बुलेन्स क्याम्प मोरङको रमाइलोमा

एक्सन खबर
माघ, २७, २०७९


डा. शर्माको निःशुल्क एम्बुलेन्स क्याम्प मोरङको रमाइलोमा

मोरङ, २७ माघ । प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले आफ्नो क्षेत्रका जनताको लागि सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स क्याम्पबाट १७० जना बिरामी लाभान्वित भएका छन् । मोरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. शर्माले सञ्चालन गरेको एम्बुलेन्सको पछिल्लो श्रृंखला बयरबन गाउँपालिका ६, रमाइलोमा भएको छ ।

उक्त स्वास्थ्य शिविरमा ३५ जनाको इसिजी, ४२ जनाको ल्याब परीक्षण, ३९ जनाको भिडियो एक्सरे गरिनुका साथै ३ जनाको दाँत खोलिएको नोबेल शिक्षण अस्पतालका अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी लगायतको स्वास्थ्य परीक्षणहरु भएको छ ।

शिविरमा आएकाहरु थप उपचारका लागि नोबेल शिक्षण अस्पताल आए विभिन्न छुटहरु समेत दिइने गरिएको छ । नोबलकी प्रबन्ध निर्देशक इन्दीरा शर्माले सामाजिक उत्तरदायित्व अन्तरगत सांसद डा. शर्माको अभियानलाई सफल बनाउन निःशुल्क एम्बुलेन्स क्याम्प चलाइएको बताइन् । नोबेलमा सांसद डा. शर्माले आफ्नो क्षेत्रका जनतालाई सर्वसुलभ स्वास्थ्य उपचार सेवा दिने अभिप्रायले ५० वेडको निःशुल्क क्याविनको समेत स्थापना गरेका छन् ।

















0 प्रतिकृया