Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


भक्तपुरको छलिङमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
माघ, २९, २०७९


भक्तपुरको छलिङमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २९ माघ । काठमाडौं मेडिकल कलेजले भक्तपुरको छलिङमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीले आज राधाकृष्ण आधारभूत विद्यालयसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

स्वास्थ्य शिविरमा ५१७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेजेनर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ८७ जनाको इसिजी, ९१ जनाको भिडियो एक्सरे तथा ४५ जनाको ल्याब परीक्षण गरिएको छ । त्यस्तै शिविरमा आएकामध्ये ९ जनाको दाँत खोलिएको तथा २१ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँदेखि सहरसम्म निःशुल्क स्वास्थ्य शिविर गर्दै आइरहेको प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले जनाए । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर चलाएका थिए । डा. शर्मा हाल संघीय सांसदमा छन् । उनी सांसद भएर गएतापनि उनको अभियानलाई केएमसीले निरन्तरता दिइरहेको छ ।  














0 प्रतिकृया