Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


नेशनल मेडिकल कलेजको निःशुल्क आँखा शिविरमा बिरामीको भिड

एक्सन खबर
फागुन, १, २०७९


नेशनल मेडिकल कलेजको निःशुल्क आँखा शिविरमा बिरामीको भिड

विरगञ्ज, २९ माघ । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल विरगञ्जले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । शनिबार पोखरिया नगरपालिका वडा नं. ४ स्थित श्री जिल्ला उच्चाङ्गलरामदेव कलवार माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजित निःशुल्क आँखा शिविरमा सयौं सर्वसाधारणको आँखा जाँच गरिएको छ ।

नेशनल मेडिकल कलेजका दक्ष चिकित्सकहरुद्वारा गरिएको निःशुल्क आँखा शिविरमा महिला, ज्येष्ठ नागरिक तथा सर्वसाधारणले आँखा जाँच गराएको कलेजले जनाएको छ । शिविरमा छनौट भएका मोतियाविन्दुका बिरामीहरुको कलेजले विशेष सहुलियतमा शल्यक्रिया गरिने भनिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत स्थानीय तहमै गएर निःशुल्क आँखा शिविर सञ्चालन गरिएको कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले बताए । ‘यो क्षेत्रमा आँखाका रोगीहरु बढी भएको जानकारीमा थियो । अस्पताल सम्म आउन नसकेकाहरुलाई निःशुल्क सेवा दिन शिविर गरिएको हो ।’ म्यानेजिङ डाइरेक्टर अन्सारीले भने ।

बारा, पर्सा लगायत मधेस प्रदेशको स्वास्थ्य सेवामा नेशनल मेडिकल कलेजले महत्वपूर्ण योगदान दिइरहेको छ । पर्सा विरगञ्जमा रहेको कलेजले पछिल्लो समय स्वास्थ्य उपचारमा दक्ष जनशक्तिसँगै अत्याधुनिक स्वास्थ्य उपकरणहरु समेत सञ्चालनमा ल्याएकाले जटिल प्रकारका बिरामीहरु उपचारका लागि राजधानी र भारतीय सहरमा जानुपर्ने बाध्यता कम हुँदै गइरहेको छ ।
















0 प्रतिकृया