दुवाकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, ३ फागुन । भक्तपुरको दुवाकोटमा काठमाडौं मेडिकल कलेजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ६५३ जना बिरामी लाभान्वित भएका छन् । केएमसीले चाँगुनारायण नगरपालिका वडा नं. २, लाइन्स क्लब अफ इन्टरनेशनल र नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखासँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
निःशुल्क स्वास्थ्य शिविरमा ८५ जनाको इसिजी, ८९ जनाको भिडियो एक्सरे, ७५ जनाको ल्याब परीक्षण तथा २३ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा आएका मध्ये १९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
विभिन्न संघ संस्था र क्लबहरुसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरहरु गर्दै आइरहेको केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले जानकारी दिए । कलेजका तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले केएमसीको स्वास्थ्य सेवालाई घरदैलोमै पुर्याउने अभिप्रायले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक सहित सर्वसाधारणले लाभ लिइरहेका छन् ।
हाल प्रतिनिधि सभा सदस्य रहेका डा. शर्माको मानवीय कार्यलाई केएमसीले निरन्तर रुपमा सञ्चालन गर्ने बताएको छ ।
0 प्रतिकृया