Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


ललितपुरको गोदावरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
फागुन, ४, २०७९


ललितपुरको गोदावरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, ४ फागुन । काठमाडौं मेडिकल कलेजले ललितपुरको गोदावरीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५८१ जना सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच भएको छ । सिनामंगलस्थित केएमसीले ज्येष्ठ नागरिक चौतारी र गोदावरी नगरपालिका वडा नं. १२ सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

निःशुल्क स्वास्थ्य शिविरमा ७९ जनाको इसिजी, ८७ जनाको भिडियो एक्सरे, ६५ जनाको ल्याब परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा आएका मध्ये २७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । भने, ४ जनाको दाँत खोलिएको छ ।

केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न समुदायका सर्वसाधारण बढी लाभान्वित भइरहेका छन् । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले अस्पतालको  स्वास्थ्य सेवालाई घरदैलोमै पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर थालनी गरेका हुन् ।

हाल प्रतिनिधि सभा सदस्य रहेका डा. शर्माको मानवीय कार्यलाई केएमसीले निरन्तर रुपमा सञ्चालन गर्ने बताएको छ । स्वास्थ्य शिविरमा केएमसीका दक्ष चिकित्सक तथा जनशक्तिहरुले बिरामीको स्वास्थ्य जाँच गर्ने गरेका














0 प्रतिकृया