Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


सञ्चार उद्यमी कार्कीले सञ्चालनमा ल्याए पार्टी प्यालेस

एक्सन खबर
फागुन, ९, २०७९


सञ्चार उद्यमी कार्कीले सञ्चालनमा ल्याए पार्टी प्यालेस

इटहरी, ८ फागुन । सुनसरीको इटहरीलाई मानवीय सुख–सुविधाका लागि आवश्यक व्यवसायिक पूर्वाधार निर्माण हुने क्रम बढ्दो छ । विभिन्न सभा, समारोह आयोजना गर्न सहज र सरल हुने अर्को पार्टी प्यालेस (बेंक्वीट)  आज एक कार्यक्रमबीच शुभारम्भ गरिएको छ ।

एरिना ग्रुप अफ कम्पनीले इटहरी उपमहानगरपालिका वडा नं. १२ विराटनगरलाईनमा सो बेंक्वीट सञ्चालनमा ल्याएको प्रबन्धक तथा उद्यमी समिर कार्कीले बताए । शिवरात्रीको पावन अवसर पारेर सो बेंक्वीटको शुभारम्भ गरिएको हाे ।

एरिना ग्रुप अफ कम्पनीबाट विभिन्न व्यवसायहरु सञ्चालन हुँदै आएका छन् । उद्यमी कार्कीले सञ्चार, यातायात, विद्यालयका छात्रा लक्षित सेनिटरी प्याड हुँदै अहिले बेंक्वीट सञ्चालनमा ल्याएको बताएका छन् ।  

वर्थडे, वैवाहिक कार्यक्रम, सभा, सम्मेलन, सेमिनार, गोष्ठी, तालिमलगायतका भिडभाड रुपमा गर्नुपर्ने हरेक कार्यक्रम सो बेंक्वीटमा गर्न सकिने भएको छ । ९ हजार स्क्वायर फिटमा तीन वटा हल भएको सुविधा सम्पन्न २ हजार भन्दा बढी मानिसलाई सहज रुपमा व्यवस्थापन गर्न सकिने गरी सो बेंक्वीट तयार पारिएको छ ।













0 प्रतिकृया