नेपाल मेडिकल कलेजमा थप १५ वेड एचडियू सञ्चालनमा
एक्सन खबर
काठमाडौं, ९ फागुन । नेपाल मेडिकल कलेजमा हाई केयर युनिट (एचडियू) वेड सञ्चालनमा ल्याइएको छ । जोरपाटी अत्तरखेलस्थित कलेजमा आजबाट १५ वेडको एचडियू सञ्चालनमा ल्याइएको हो ।
स्वास्थ्य सेवामा विशिष्टीकृत सेवा सुरु गर्ने रणनीति अनुसार कलेजले एचडियू वेड थप गरेको जनाएको छ । एचडियू वेडको कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले उद्घाटन गर्दै पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेकोले एचडियू बेड थप गरिएको बताए । कलेजमा यसअघि ४० वेड सञ्चालनमा थिए । थप १५ वेडसँगै ५५ वेड सञ्चालनमा आएको छ ।
प्रबन्ध निर्देशक अन्सारीले कलेजलाई राजधानीकै नमूना मेडिकल कलेजका रुपमा रुपान्तरण गर्न नयाँ प्रविधियुक्त सेवाहरु थप्दै गइएको बताए । ‘नेपाल मेडिकल कलेजलाई राजधानीको मात्र नभएर मुलुककै सुविधा सम्पन्न अस्पतालका रुपमा स्थापना गर्ने हाम्रो लक्ष्य छ ।’ अन्सारीले भने ।
कलेजले प्रबन्ध निर्देशक अन्सारीको जन्मदिनको अवसर पारेर एचडियू वेड सञ्चालन गरेको कलेजका अस्पताल इन्चार्ज दीलिप साहले जानकारी दिए । एचडियू वेड सुभारम्भ कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्री, भाइस प्रिन्सिपल डा. श्रृष्टी श्रेष्ठ, डाइरेक्टर डा. राजेश किशोर श्रेष्ठ, डाइरेक्टरद्वय डा.साविया यासमिन, जहाँगिर अन्सारी, हस्पिटल डाइरेक्टर मोदनाथ मरहठ्ठा तथा प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायतको सहभागिता रहेको थियो ।
0 प्रतिकृया