इलामको दानाबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
मोरङ, १० फागुन । नोबेल शिक्षण अस्पतालले इलामको दानबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्रदेश १ कै उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा परिचित नोबेलले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७५३ जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ ।
स्वास्थ्य शिविरमा आएका मध्ये ९७ जनाको इसिजी, ६८ जनाको ल्याब परीक्षण, १४४ जनाको भिडियो एक्सरे गरिएको नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा २२ जनाको दाँत खोलिएको थियो ।
उक्त स्वास्थ्य शिविर सिम्रिक बचत तथा ऋण सहकारी संस्था विर्तामोडसँगको सहकार्यमा भएको थियो । तत्कालिन नोबेलका संस्थापक डा. सुनिल शर्माले जनताको घरदैलोमै अस्पतालको सेवा प्रवाह गर्ने उद्देश्यले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरबाट हज्जारौं जनता लाभान्वित भइरहेका छन् । ६ वर्षदेखि अनवरत चलिरहेको निःशुल्क स्वास्थ्य शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न वर्गले बढी लाभ पाइरहेकाले यसलाई निरन्तर अगाडी बढाउने नोबेलकी प्रबन्ध निर्देशक इन्दीरा शर्माले बताइन् ।
0 प्रतिकृया