सुन्दरहरैंचामा नोबेलको स्वास्थ्य शिविर
एक्सन खबर
विराटनगर, १२ फागुन । मोरङको सुन्दरहरैंचामा नोबेल शिक्षण अस्पतालले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । नोबेलले आज सिद्धार्थ सेकेण्डरी स्कुलसँगको सहकार्यमा सुन्दरहरैंचामा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
स्कुलको वार्षिकोत्सवको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६११ जनाको स्वास्थ्य जाँच गरिएको नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । उक्त स्वास्थ्य शिविरमा ४१ जनाको इसिजी, ११३ जनाको ल्याब परीक्षण, १४७ जनाको भिडियो एक्सरे गरिएको छ । भने, १५ जनाको दाँत खोलिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत आम जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले निरन्तर निःशुल्क स्वास्थ्य शिविर गरिएको नोबेलकी प्रबन्ध निर्देशक इन्दीरा शर्माले बताएकी छिन् । प्रदेश १ कै उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा रहेको नोबेलले आफ्ना सेवाहरु जनमानसमा पुर्याउनका लागि पनि गाउँगाउँमा स्वास्थ्य सेवा दिइरहेको छ ।
0 प्रतिकृया