Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


सदनमा डा. सुनिल शर्माले चार मिनेटमा उठाएका चार गम्भिर विषय

एक्सन खबर
फागुन, १२, २०७९


सदनमा डा. सुनिल शर्माले चार मिनेटमा उठाएका चार गम्भिर विषय

काठमाडौं, १२ फागुन । प्रतिनिधि सभाको आज शुक्रबार बसेको बैठकमा मोरङ क्षेत्र नं. ३ का सांसद डा. सुनिल कुमार शर्मा बजनदार सुनिए । पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनमा देखिएको अवरोध, सुकुम्बासी समस्या र पछिल्लो समय आर्थिक क्षेत्रमा देखिएका समस्याका सन्दर्भमा पहिलो पटक संसदमा बोल्दा डा. शर्माको प्रस्तुति सशक्त देखियो ।

४ मिनेटको समय पाएका डा. शर्माले सुरुमै पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्नका लागि कर्मचारी तन्त्रबाटै असहयोग भएको भन्दै सभामुखलाई ध्यानाकर्षण गराए । विश्वविद्यालय स्थापना भएको २८ वर्ष भइसक्दा पनि मेडिकल कलेज सञ्चालन हुन नसकेको जनाउँदै पछिल्लो समय आफुले मेडिकल कलेज सञ्चालन गर्न प्रयास गर्दा कर्मचारी तन्त्रबाटै सहयोग नपाएको बताए । मोरङबासी सहित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुको पहलमा पछिल्लो समय मेडिकल कलेज सञ्चालन गर्न कोशिष गरिरहँदा पनि सफल हुन नसक्नुमा कर्मचारी बाधक बनेको डा. शर्माको दावी छ ।

‘मोरङबासीहरु, प्रतिनिधि सभा, राष्ट्रिय सभाका सदस्यहरुको पहलमा प्रधानमन्त्री ज्यूलाई आग्रह गर्यौं, मैले व्यक्तिगत रुपमा २ पटक उहाँलाई भेटे, उहाँले जिम्मेवारीपूर्वक तुरुन्तै मुख्यसचिबलाई भनिदिनुभयो । त्यसपश्चात स्वास्थ्यमन्त्रीलाई पनि कुरा गर्नुभयो र त्यो क्याविनेटमा गयो र त्यहाँबाट पनि तुरुन्त पास भयो । एजेण्डा त पास भयो तर, मुलुकको विडम्बना कस्तो रहेछ भने सभामुख महोदय, यहाँ चाहे सांसद होस् या सरकारमा बस्ने मन्त्रीहरु नै किन नहुन् व्यूरोक्र्याटस र कर्मचारीहरुका अगाडी निरिह भएको महशुष गरे ।’ डा. शर्माले स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुले विश्वविद्यालयको फायल गायब गरेर दुखः दिएको पनि बताए । ‘हामी मन्त्रालय धाएको धाई छौं काम हुँदैन ।’ चिकित्सा शिक्षा आयोगबाट तत्काल इन्सेप्सन गराएर एक हप्तादेखि १५ दिनभित्र यसैपालीदेखि मेडिकल कलेज सञ्चालनको वातावरण बनाईदिन अनुरोध गर्दछु ।’ डा. शर्माले भने ।

यस्तै डा. शर्माले आजकै संसदमा सुकुम्बासी समस्याका विषयमा बोल्दै प्रजातन्त्र आएदेखि २, ३ प्रतिशत बढी सुकुम्बासीहरु वाहेकले धनीपुर्जा नपाएको जिकीर गर्दै सुकुम्बासी आयोगका नाममा पदाधिकारी, कर्मचारी नियुक्त हुनु वाहेक केही नपाएको बताए । ‘गाउँमा विजोक छ जनताको, द्वैध स्वामित्वका नाममा जनता ४०, ५० वर्षदेखि जोतभोग गरेर बसिरहेका छन्, एउटा सामन्तले कहाँ बसेर कुन सेटिङमा कसलाई पैसा खुवाएर धनीपुर्जा बोकेर काठमाडौं बसेको छ कि अमेरिकामा बसेको छ, विचरा जनता चैं द्वैधस्वामित्वको नाममा अर्काको जमिनमा बसिरहनु परेको छ ।’ सुकुम्बासी समस्या समाधान गर्ने होभने टाइम फ्रेम निर्धारण गरेर जानुपर्ने बताए । ‘यो ३० वर्षसम्म गीत गाएर राज्यको पैसा खर्च गरेर धनीपुर्जा नदिइकन जनतालाई जस्ताको तस्तै राखेर भोट बैंकको रुपमा प्रयोग गर्न बन्द गरियोस् ।’ डा. शर्माले भने ।

उनले कर्णाली प्रदेशका अस्पतालहरुमा सामान्य स्वास्थ्य सुविधाहरु समेत नभएको जनाउँदै तत्काल स्वास्थ्य उपकरण र औषधीहरु व्यवस्था गर्न माग गरे । डा. शर्माले संसद भवन अगाडी आत्मदाह गर्ने प्रेमप्रसाद आचार्य र मेडिकल व्यवसायी दुर्गा प्रसाईंहरु समाजका दुई पात्रले उठाएका विषयहरु फरकफरक भएपनि मुद्दा एउटै भएको उल्लेख गर्दै लघुवित्त र बैंकको व्याजदरको विषयमा संसद भवन अगाडी आत्मदाह गर्दासमेत सदन मृतः जस्तै बस्दा भावी सन्ततीले भविष्यमा धिक्कार्ने जिकीर गरे ।

डा. शर्माले सदनमा पहिलोपटक संवोधन गरेपनि उनको संवोधन र विषयहरु समय सापेक्ष र गम्भिर थियो । ४ मिनेटको समयमा उनले आफ्नो क्षेत्रको समस्याका विषयमा मात्र नभएर सुकुम्बासी समस्या, कर्णालीका समस्या र पछिल्लो समय खस्कँदो बैंक तथा वित्तीय संस्थाको ब्याजदरका कारण उद्योगी व्यवसायीले भोग्नु परेको विषयहरुलाई संवोधन गर्न भ्याए ।













0 प्रतिकृया