Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


नेपाल मेडिकल कलेजले माग्यो दक्ष चिकित्सकहरु (सूचना सहित)

एक्सन खबर
फागुन, १३, २०७९


नेपाल मेडिकल कलेजले माग्यो दक्ष चिकित्सकहरु (सूचना सहित)

काठमाडौं, १३ फागुन । नेपाल मेडिकल कलेजले विभिन्न विधाका प्रोफेसर, विशेषज्ञ डाक्टर, नर्स र कर्मचारी माग गरेको छ । अत्तरखेल जोरपाटीस्थित कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर लगायत पदमा दरखास्त माग गरेको हो ।

मेडिकल कलेजलाई नेपालकै उत्कृष्ट स्वास्थ्य संस्था बनाउन कलेजले दक्ष जनशक्ति माग गरेको जनाएको छ । कलेजले इन्टरनल मेडिसिन, कार्डियोलोजी, न्यूरोसर्जरी, ग्याष्ट्रोलोजी, न्यूरोलोजी, नेफ्रोलोजी, अर्थोपेडिक लगायत विधाहरुमा चिकित्सक माग गरेको हो । कलेजले फिजियोथेरापिष्ट, स्टाफ नर्स लगायत १९ पदमा दरखास्त माग गरेको छ ।

योग्यता पुगेका नागरिकले आफ्नो शैक्षिक बायोडाटा सहित फागुन २६ गतेभित्र दरखास्त दिन सकिने बताइएको छ ।

हेर्नुहोस् सूचना















0 प्रतिकृया