नेपाल मेडिकल कलेजले माग्यो दक्ष चिकित्सकहरु (सूचना सहित)
एक्सन खबर
काठमाडौं, १३ फागुन । नेपाल मेडिकल कलेजले विभिन्न विधाका प्रोफेसर, विशेषज्ञ डाक्टर, नर्स र कर्मचारी माग गरेको छ । अत्तरखेल जोरपाटीस्थित कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर लगायत पदमा दरखास्त माग गरेको हो ।
मेडिकल कलेजलाई नेपालकै उत्कृष्ट स्वास्थ्य संस्था बनाउन कलेजले दक्ष जनशक्ति माग गरेको जनाएको छ । कलेजले इन्टरनल मेडिसिन, कार्डियोलोजी, न्यूरोसर्जरी, ग्याष्ट्रोलोजी, न्यूरोलोजी, नेफ्रोलोजी, अर्थोपेडिक लगायत विधाहरुमा चिकित्सक माग गरेको हो । कलेजले फिजियोथेरापिष्ट, स्टाफ नर्स लगायत १९ पदमा दरखास्त माग गरेको छ ।
योग्यता पुगेका नागरिकले आफ्नो शैक्षिक बायोडाटा सहित फागुन २६ गतेभित्र दरखास्त दिन सकिने बताइएको छ ।
हेर्नुहोस् सूचना
0 प्रतिकृया