Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


जनता माविलाई जस्तोसुकै सहयोग गर्न मन्त्री भगबती चौधरी तयार

एक्सन खबर
फागुन, १३, २०७९




जनता माविलाई जस्तोसुकै सहयोग गर्न मन्त्री भगबती चौधरी तयार

सुनसरी, १२ फागुन । शैक्षिक क्षेत्रको विकासमा लामो समयदेखि योगदान पुर्याएको जनता माध्यामिक विद्यालयको शैक्षिक उन्नयन र भौतिक विकासमा सक्दो योगदान पुर्याउने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । इटहरी स्थित जनता माविको प्रथम जनता ओलम्पिक २०७९ को समापन, पुरस्कार वितरण तथा नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले शिक्षा विना समाजको विकास नहुने भन्दै विद्यालयको उन्नयनमा जस्तोसुकै सहयोग गर्ने बताइन् ।

सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधारेर दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्ने बताउँदै मन्त्री चौधरीले जनता माविको शैक्षिक स्तर नीजि स्तरका विद्यालयको भन्दा कम नरहेको बताइन् । अभिभावकहरु नीजि विद्यालय प्रति आकर्षित भइरहँदा जनता माविले भने नीजि विद्यालयहरुसँग प्रतिष्पर्धा गरेर गुणस्तरीय शिक्षा दिएकोमा प्रसंशा गर्दै उनले विद्यालयको विकास र सम्बद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सीप युक्त र प्रविधि मैत्री शिक्षा विद्यालय स्तरबाटै दिन सके मुलुक निर्माणका लागि अपरिहार्य जनशक्ति उत्पादनमा टेवा मिल्ने पनि बताइन् । कार्यक्रममा मन्त्री चौधरीले जनता ओलम्पिक्सका विजेता विद्यार्थीहरुलाई पनि सम्मान तथा पुरस्कार वितरण गरेकी थिइन् ।


















0 प्रतिकृया