Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


अछाममा केएमसीको तीन शिविरबाट नौं हजार विरामीकाे निःशुल्क उपचार

एक्सन खबर
फागुन, १४, २०७९


अछाममा केएमसीको तीन शिविरबाट नौं हजार विरामीकाे निःशुल्क उपचार

अछाम, १४ फागुन । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अछाम जिल्लाका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट नौं हजार भन्दा बढी विरामी लाभान्वित भएका छन् । पञ्चदेवल विनायक नगरपालिका, मंगलसेन नगरपालिका र कमलवजार नगरपालिकामा पाँच दिन सञ्चालन गरिएको शिविरमा ९ हजार १ सय ७८ विरामीले निःशुल्क उपचार पाएका हुन् ।

पञ्चदेवल विनायक नगरपालिकासँग सहकार्य गरेर विनायकमा सञ्चालन गरिएको दुई दिने शिविरमा ३ हजार ७ सय ६२ विरामीको निःशुल्क उपचार गरिएको छ । मंगलसेन नगरपालिकासँग सहकार्य गरेर अछाम बहुमुखी क्याम्पसमा गरिएको एक दिने शिविरमा २ हजार १ सय ३१ विरामीले निःशुल्क उपचार सेवा पाएका छन् ।

पालिकासँग सहकार्य गरेर कमलवजार नगरपालिकामा गरिएको दुई दिने शिविरमा ३ हजार २ सय ८५ विरामी लाभान्वित भएका छन् । तीन शिविरमा १ हजार ७ सय २ जनाको भिडियो एक्सरे, १ हजार ३ सय ६९ विरामीको रक्त परीक्षण, ७ सय ६८ विरामीको इसीजी र ५ सय ३७ विरामीको इको गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यहाँ उपचार सम्भव नभएका ४०६ जना विरामीलाई थप उपचारका लागि केएमसी बोलाइएको छ । शिविरबाट रिफर भएका सबै विरामीलाई केएमसीका सञ्चालक डा.सुनिल शर्माले अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । उनीहरुलाई अस्पतालसम्म जान स्थानीय पालिकाले सहयोग गर्ने भएका छन् । शिविरमा केएमसीका १८ जना बिशेषज्ञ डाक्टरहरुको टोली गएको थियो । काठमाडौंबाट विशेषज्ञ डाक्टर आएको थाहा पाएपछि शिविरमा विरामीको भीड लागेको थियो ।
















1 प्रतिकृया
Bir Bahadur
3 years ago

Ati ramro kura