Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


४२ दिन मन्त्री हुँदा भगबती चौधरीले दिइन नीतिगत सुधारमा जोड

एक्सन खबर
फागुन, १६, २०७९


४२ दिन मन्त्री हुँदा भगबती चौधरीले दिइन नीतिगत सुधारमा जोड

काठमाडौं, १५ फागुन । सरकारबाट बाहिरिँदै गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले १ महिना १२ दिन (४२ दिन) पदमा रहँदा पदीय दायित्व इमान्दारिताका साथ पुरा गर्दै नीतिगत सुधारका कामलाई प्राथमिकता दिएको बताएकी छिन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजिनामा बुझाएसँगै मन्त्रालयमा आएर सञ्चारकर्मीहरुलाई डेढ महिनाको अवधिमा ज्येष्ठ नागरिक राष्ट्रिय नीतिको मस्यौदा पुरा गरेको जनाउँदै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता हातहातमै पुर्याउने, छोराछोरीले आम्दानीको ११ प्रतिशत छुट्याउनु पर्ने, स्वास्थ्य सुरक्षा लगायतका विषयहरु समेटिएको उनले बताइन् ।

अपाङ्गता वर्गिकरण सिफारिस समिति २०७९, अपाङगता सम्बन्धी राष्ट्रिय नीति २०७९, जेष्ठ नागरिक सम्बन्धी राष्ट्रिय नीति २०६५ लाई परिमार्जन गरि अर्थ मन्त्रालयमा पठाइएको जानकारी गराउँदै मन्त्री चौधरीले बालबालिका सम्बन्धी ऐन २०७५ र नियमावली २०७९ कार्यान्वयन कार्ययोजना सम्बन्धमा राष्ट्रिय बालबालिका कार्यनीति २०७९ स्वीकृत गरेर अर्थ मन्त्रालयमा पेश गरिएको पनि जानकारी दिइन् ।

यस्तै, मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्न तल्लो तह (स्थानीय निकाय) सम्मै मन्त्रालयको स्टक्चर बनाउनु पर्छ भनेर पहल गरेको पनि बताइन् । ‘जसको लागि काम गर्नुपर्ने हो उनीहरु बटममा छन्, मन्त्रालयको रुपरेखा टपमा मात्र भयो, मन्त्रालयको संरचनालाई ग्रासरुटमा लैजान स्थानीय सरकारसँग जोड्नु पर्छ ।’ मन्त्री चौधरीले मन्त्रालयसँग पर्याप्त बजेट समेत नहुँदा काम गर्न सहज नभएको बताइन् ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसंख्यक देशको कूल बजेटको ०.६ प्रतिशत मात्र बजेट रहेकोले पर्याप्त कार्यक्रम र योजना बनाउन नसकिएकोले आगामी वर्षमा ५ अर्बको बजेट माग गरी राष्ट्रिय योजना आयोगमा पठाइएको पनि बताइन् । ‘सिमित बजेट छ, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गताका क्षेत्रमा सहयोग र योजना माग गर्न धेरै आउनु हुन्छ ।’ पूर्वाधार निर्माणको मन्त्रालय नभएता पनि मानव विकासको सूचकांकसँग जोडिएको मन्त्रालय भएकाले सरकारले प्राथमिकता दिनुपर्ने मन्त्री चौधरीको धारणा छ ।

आफ्नो कार्यकालमा सडक मानव मुक्त अभियानलाई प्राथमिकता दिँदै मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बाल गृह, बाल संगठन, बाल सुधार गृहको सुधारका लागि अनुगमन, नियमन र कानुनी दायरामा ल्याउन तदारुकताका साथ काम कारवाही अगाडी बताएको, अन्तराष्ट्रिय गैरसरकारी संस्थाका सम्बन्धमा समाजकल्याण परिषद्बाट आएका जनरल एग्रिमेन्ट प्रोगाम एग्रिमेन्ट र नविकरणका फायलहरु कुनै रोकटोक आवश्यक अध्ययन गरेर सदर गरेको मन्त्री चौधरीले जानकारी दिइन् ।

यस्तै, सुनसरीको गढी र बर्जु गाउँपालिकामा २ हजार घर बनाउन चुची फाउण्डेशनसँग एमओयू गरेको, लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको विवाद मिलाउन पटकपटक विज्ञ, सरोकारवालाहरुसँग छलफल गरेको, नेपाल रेडक्रसलाई अन्तराष्ट्रिय रेडक्रसबाट ब्ल्याक लिस्टमा राख्नु हुँदैन भन्नेमा आफु दृढ रहेको, समाज कल्याण परिषद्लाई प्रविधिमैत्री बनाउन निर्देशन दिइएको, भृकुटीमण्डपलाई व्यवस्थित गर्ने, त्यहाँका विक्रिति विसंगतिहरु निर्मलीकरण गर्ने सन्दर्भमा काठमाडौं महानगरपालिका, समाजकल्याण परिषद्सँग त्रिपक्षीय पहिलोचरणको वार्ता गर्दै आवश्यक योजनाहरु बनाउने विषय अगाडी बढेको जनाइन् ।

राष्ट्रीय लैङ्गिक समानता नीति २०७७ कार्यान्वयन राष्ट्रिय कार्ययोजनामा सहमतिको काम अगाडि बढाएको, मन्त्रालयको लागि सबै सेक्टरका बिज्ञ महिला, ज्येष्ठ नागरिक, बाल बालिका, यौनिक अल्पसंख्यक तथा अपाङ्गता भएका ब्यक्तीहरुको बिज्ञ समुह गठन तथा यसको प्रथम बैठक पुरा गरेको पनि जनाएकी छन् ।

मन्त्री चाैधरीले गरेका कामकाे संक्षिप्त विवरणः

२०७९/१०/३ गते सपथ लिएर २०७९/११/१५ सम्म नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएँ । १ महिना १२ दिनको अवधि मन्त्रालयमा रहँदा
१) जेष्ठ नागरिक नीति २०७९ पद बहाली प्रथम हस्ताक्षर गरी मस्यौदामा थप आफ्नो छोराछोरीले ११ % खर्चको दायित्व लिनुपर्ने । जेष्ठ नागरिकको घरदैलोमा जेष्ठ नागरिक भत्ता तिनिहरुको हातमै भुक्त्तानी दिनुपर्ने । जिल्ला पालिका छनौट गरी नमुना दन्त सिभिर गरी भत्ता पाउने उमेर समुहलाई दॉंत बनाउनु कार्यक्रम समेत गर्नु पर्ने।
२) महिला, बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्न तल्लो तह (स्थानीय निकाय) सम्मै मन्त्रालयको स्टक्चर बनाउनु पर्छ भनेर पहल गरें ।
३) मन्त्रालयमा विनियोजित वार्षिक बजेट न्यून भएकाले आगामी वर्षमा मन्त्रालयको बजेट बृद्धिका लागि प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालयसँग पटकपटक छलफल र विमर्श गरि आउँदो आ.व.मा सोही अनुसार बजेट विनियोजन गर्न ५ अर्ब बराबरको योजनाहरु बनाउन सुरु गरें ।
४) सडक मानव मुक्त अभियानलाई प्राथमिकता दिँदै मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बाल गृह, बाल संगठन, बाल सुधार गृहको सुधारका लागि अनुगमन, नियमन र कानुनी दायरामा ल्याउन तदारुकताका साथ काम कारवाही अगाडी बढाएँ ।
५) अपाङ्गता वर्गिकरण सिफारिस समिति २०७९, अपाङगता सम्बन्धी राष्ट्रिय नीति २०७९, जेष्ठ नागरिक सम्बन्धी राष्ट्रिय नीति २०६५ लाई परिमार्जन गरि राष्ट्रिय नीति २०७९ पारितको लागि पठाईएको ।
६) बालबालिका सम्बन्धी ऐन २०७५ र नियमावली २०७९ कार्यान्वयन कार्ययोजना सम्बन्धमा राष्ट्रिय बालबालिका कार्यनीति २०७९ स्वीकृत गराएँ ।
७) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विज्ञ समुह गठन गरी त्यसको बैठक समेत बसाएँ । मन्त्रालय बिज्ञ समुहको प्रथम बैठक २०७९/११/११ मा सम्पन्न ।
८) नेपालको सामाजिक, आर्थिक, भौतिक, शिक्षा, स्वास्थ्य, पूर्वाधार, महिला, बालबालिकाका क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय गैरसरकारी संस्थाका पदभार ग्रहण गरेदेखि हालसम्म प्रक्रिया पुरा गरेर समाजकल्याण परिषद्बाट आएका जनरल एग्रिमेन्ट प्रोगाम एग्रिमेन्ट र नविकरणका फायलहरु कुनै रोकटोक आवश्यक अध्ययन गरेर सदर गरें ।
९) सुनसरीको गढी र बर्जु गाउँपालिकामा २ हजार घर बनाउन चुची फाउण्डेशनसँग एमओयू गरें । यो कार्यक्रम अगाडी बढे २ हजार भूमीहिन जनताले आवास पाउनेमा ढुक्क छु ।
१०) लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको विवाद मिलाउन पटकपटक विज्ञ, सरोकारवालाहरुसँग छलफल गरें । नेपाल रेडक्रसलाई अन्तराष्ट्रिय रेडक्रसबाट ब्ल्याक लिस्टमा राख्ने अवस्थामा पुर्याउनु हुँदैन ।
११) राष्ट्रिय बाल अधिकार परिषद्, समाज कल्याण परिषद्लाई व्यवस्थित गर्ने सन्दर्भमा बैठकहरु बसी आवश्यक निर्णयहरु गर्दै कार्यान्वयनका लागि निर्देशन गरें ।
१२) नेपालमा काम गर्ने गराउने संघ संस्था सम्बंधि हेर्ने समाज कल्याण परिषदको ब्रिफिंगमा चुनौती सुधार गर्दै NGO, INGO को अवस्था स्थिति विश्लेषण एंव समाज कल्याण परिषद नीति, नियमावलीमा संसाधन बारे छलफल तथा समाज कल्याणमा आएको सम्झौताहरु बिभिन्न क्षेत्रमा काम गर्ने योजना फाईल स्विकृत गरिएको ( Livelihoods, Agriculture, Risk management, Skill based training small industries, Livestocks, Health , Eye care, communities Library, Rescue Materials, Cold clothes, Small construction and Housing)
तथा प्रविधि मैत्री संघ संस्था बनाउन, संघ संस्था लाई systematics गर्न गराउन कार्य संचालन समिति को बैठक गरिएको उक्त बैठकबाट कानुनी सल्हाकार तथा साहयक निर्देशक नियुक्त सहित पूर्ण बैठक गते मिति तोकिको तर समय अभावले पुर्ण बैठक हुन बॉंकी।
१३) भृकुटीमण्डपलाई व्यवस्थित गर्ने, त्यहाँका विक्रिति विसंगतिहरु निर्मलीकरण गर्ने सन्दर्भमा काठमाडौं महानगरपालिका, समाजकल्याण परिषद्सँग त्रिपक्षीय पहिलोचरणको वार्ता गर्दै आवश्यक योजनाहरु बनाउने विषय अगाडी बढेको छ।
१४) Commission on the Status of Women ( CSW) मा माननीय महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डलमा महिला आयोग, माननीय, पुर्व माननीय, सचिव, सह सचिव, उप सचिव, पत्रकार, सामाजिक महिला एक्टिविस्ट, अन्यको सहभागी सहमति मन्त्रीपरिषदबाट सहमति । तर अवस्था बदलिएको छ ।
१५) राष्ट्रीय लैङ्गिक समानता नीति २०७७ कार्यान्वयन राष्ट्रिय कार्ययोजनामा सहमतिको काम अगाडि बढाएको ।
१६) महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को बजेट सिलिङ्गको लागि मन्त्रालयको संरचना (जिल्ला समन्वय स्थापना वा पालिका स्तरको संरचना) बजेट बिस्तार तथा बिकेन्द्रीकरणको लागि अवस्था बिश्लेषण पेश तथा पहल गरिएको । मन्त्रालयको बजेट बारे अर्थ मन्त्रालयसंँको पटक पटकको बैठक ।
१७) मन्त्रालयको लागि सबै सेक्टरका बिज्ञ महिला, ज्येष्ठ नागरिक, बाल बालिका, यौनिक अल्पसंख्यक तथा अपाङ्गता भएका ब्यक्तीहरुको बिज्ञ समुह गठन तथा यसको प्रथम बैठक २०७९/११/११ मा सम्पन्न । मन्त्रालयका बिभिन्न मुद्धामा छलफल बहस कार्यक्रम ।
१८) ८ मार्चको उपलक्षमा ११३ औं बिशेष महिला दिवस मनाउने मिति २०७९/११/१८ गते तय गरिएको, जसको मुल समारोह समिति गठन गरिएको तथा मुख्य नारा तय गरिएको। साथै उक्त कार्यक्रम सबैले एक हप्ता सम्म मनाउनु पर्ने मन्त्रालयबाट सर्कुलर ।
मुल नाराः “लैङ्गिक समानताको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार”।
१९) यसका अलावा, समयले भ्याएसम्म महिला, बालबालिका सम्बन्धी राष्ट्रिय नीति २०७९, ज्येष्ठ नागरिक नीति अपाङ्गता भएको ब्यक्ती सम्बन्धी राष्ट्रिय नीति २०७९, राष्ट्रिय लैङ्गिक समानता नीति २०७७ कार्यान्वयन सहमति को काम तथा यौनिक अल्पसंख्यकका कार्यक्रममा सहभागी हुने, उनीहरुलाई मोटिभेट गर्ने, ऐन, नीति र कार्यक्रमका सवालमा सरोकारवालाहरुसँग छलफल गर्ने लगायतमा मेरो समय वित्यो ।
अन्त्यमा,
यस मन्त्रालयमा रहँदा मेरो क्षमता, दक्षताले भ्याएसम्म काम गर्ने कोशिष गरें । मैले पदभार ग्रहण गरेकै दिन भनेकी थिए ‘जति दिन रहन्छु, इमान्दारीताका साथ देश र जनताका लागि काम गर्नेछु’ सोही मुताविक काम गर्दा मलाई सहयोग गर्ने मन्त्रालयका सचिवज्यू, उपसचिवज्यूहरु, कर्मचारी वर्ग, सचिवालयका मित्रहरु, मलाई समयसमयमा आएर आवश्यक राय सल्लाह र मार्गदर्शन गर्नुहुने महानुभावहरु, नेकपा एमालेका नेता तथा कार्यकर्ता, शुभचिन्तक र तमाम नेपालीजनहरुमा हार्दिक आभार प्रकट गर्दछु ।
धन्यवाद !
माननीय भगबती चौधरी
पूर्वमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

















0 प्रतिकृया