Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


एमाले दुहवीले गुमायो युवा व्यवसायी तथा जुझारु कार्यकर्ता

एक्सन खबर
फागुन, १६, २०७९


एमाले दुहवीले गुमायो युवा व्यवसायी तथा जुझारु कार्यकर्ता

सुनसरी, १६ फागुन । नेकपा एमाले दुहवी नगर कमिटीले एक जना जुझारु इमान्दार कार्यकर्ता तथा युवा व्यवसायी गुमाएको छ । एमाले दुहवी ५ सदस्य समेत रहेका दुहवी बजारमा हरेराम होटलका सञ्चालक हरेराम साहलाई सवारी दुर्घटनामा गुमाएको हो ।

उनीसँगै दुहवी नगरपालिकाकी स्वास्थ्य स्वयं सेविका राजकुमारी चौधरीको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

मंगलबार सप्तरी, कञ्चनरुप नगरपालिका ९ स्थित पूर्वपश्चिम सडक खण्डमा विहान २ः४० बजे कार र पिकअप एकापसमा ठोक्किँदा उनीहरुको निधन भएको हो । सडक दुर्घटनामा अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा १८ च ६६ १७ नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको २–०२–००१ च ०७४६ नम्बरको पिकअपसँग ठोक्किएको थियो । दुर्घटनामा पिक अपमा रहेका २ वटा घोडाको समेत मृत्यु भएको छ ।













0 प्रतिकृया