Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


नेशनल मेडिकल कलेजमा नवजात केयर ओपिडी सुरु

एक्सन खबर
फागुन, १७, २०७९


नेशनल मेडिकल कलेजमा नवजात केयर ओपिडी सुरु

विरगञ्ज, १७ फागुन । मधेश प्रदेशकै स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै आएको नेशनल मेडिकल कलेज विरगञ्जले भर्खरै जन्मिएका शिशुहरुको केयरको लागि नवजात केयर ओपिडी सञ्चालनमा ल्याएको छ । आज कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले बाराका सांसद अच्युतप्रसाद मैनालीको उपस्थितिमा नवजात केयर ओपिडी उद्घाटन गरे ।

सो अवसरमा बोल्दै म्यानेजिङ डाइरेक्टर अन्सारीले भर्खरै जन्मिएका शिशुहरुको उपचार र स्याहारमा नवजात केयर ओपिडीले योगदान गर्ने बताए । भर्खरै जन्मिएका शिशुहरुलाई उचित स्याहार र उपचार नहुँदा ठूलो स्वास्थ्य समस्याहरु आउने पनि बताए । उक्त ओपिडीमा कलेजले विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले अनुभवी तथा विशेषज्ञ बालरोग चिकित्सकको व्यवस्था गरेको अन्सारीको भनाई छ ।
१५ वेडको ओपिडी सेवाबाट बारा, पर्सा, रौतहट लगायत मधेश प्रदेश र सिमावर्ती भारतबाट समेत उपचारका लागि बिरामीहरु लाभान्वित हुनेछन् ।

विरगञ्जकै सुविधासम्पन्न मेडिकल कलेजका रुपमा सञ्चालित नेशनल मेडिकल कलेजले आफ्नो स्वास्थ्य सेवाहरुलाई विशिष्टीकृत गर्दै लगेकोमा प्रतिनिधि सभा सांसद अच्युत प्रसाद मैनालीले खुसी व्यक्त गरे । स्वास्थ्य क्षेत्रको विकास र जनतालाई राज्यले सर्वसुलभ सेवा दिन नसकिरहेकोमा नीजि क्षेत्रबाट भएको प्रयासलाई सरहाना गरे ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. केएन सिंह, हस्पिटल डाइरेक्टर इजरत जहान, नवजात रोग विशेषज्ञ डा. धिरेन्द्र लगायत नर्स र स्टाफहरुको सहभागीता रहेको थियो ।














0 प्रतिकृया