Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


ऋण लिएपछि तिर्दिन भन्न मिल्दैनः बैंक तथा वित्तीय संस्थाहरू

एक्सन खबर
फागुन, १९, २०७९


ऋण लिएपछि तिर्दिन भन्न मिल्दैनः बैंक तथा वित्तीय संस्थाहरू

काठमाडौं, १९ फागुन । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्न नपर्ने भनाइहरू गलत भएकाे बैंक तथा वित्तीय संस्थासम्बद्ध संघसंगठनले बताएका छन् । पछिल्लाे समय लगातार बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध संगठित रूपमै आन्दाेलनहरू हुन थालेपछि संघ संगठनहरूले ध्यानाकर्षण गराएका हुन् ।

केही व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाविरुद्ध नकारात्मक टिप्पणी तथा आन्दोलन गरेको भन्दै बैंक तथा वित्तीय संस्थासम्बद्ध संघसंगठनले ध्यानाकर्षण भएको भन्दै धम्कीपूर्ण अभिव्यक्तिहरू र अराजक व्यवहार भनेका छन् । त्यस्ता क्रियाकलापबाट कर्मचारीहरू हतोत्साही हुने, बैंक तथा वित्तीय संस्था डुवाउने खेल भइरहेकाे उनीहरूकाे धारणा छ ।

बैंक तथा वित्तीय संस्थाहरूले ४ करोड ८३ लाखभन्दा धेरै निक्षेप खाता मार्फत झण्डै ५ हजार ४०० अर्ब निक्षेप संकलन र १८ लाखभन्दा धेरै ऋणीहरु मार्फत् ४ हजार ८०० अर्बभन्दा धेरै कर्जा परिचालन गर्दै आइरहेकाे जनाउँदै देशको दूरदराजमा लघुवित्त संस्थाहरूले झण्डै ६० लाख निक्षेप खाता तथा ३२ लाख भन्दा धेरै ऋणीहरूलाई सेवा प्रदान गरिरहेको संयुक्त विज्ञप्तिमा जनाइएकाे छ ।

नेपाल बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले जारी गरेकाे संयुक्त विज्ञप्तिमा भनिएकाे छ । ‘कुनै पनि बैंक वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिएपछि नियमित रूपमा कर्जाको साँवा किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुई मत छैन । विभिन्न शर्तहरूको अधिनमा रही बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता हुनुका साथै यस प्रकारका कियाकलापहरू कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने र आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्न सक्ने हुनाले यस प्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौं ।’

बैंक/ वित्तीय संस्था र लघुवित्तहरू नियामक निकायद्वारा जारी गरिएकाे नीति/निर्देशन तथा विभिन्न कानुन र ऐनमा रहेर बैकिङ सेवाहरू प्रदान गर्दै रहेकाे बताइएकाे छ ।














0 प्रतिकृया