सांसद डा. शर्माको निःशुल्क स्वास्थ्य शिविर कानेपोखरीको रमाइलोमा
एक्सन खबर
मोरङ, १९ फागुन । सांसद डा. सुनिल शर्माले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स स्वास्थ्य क्याम्पबाट १७३ जना सर्वसाधारण लाभान्वित भएका छन् । मोरङ क्षेत्र नं. ३ का जनतालाई घरघरमै निःशुल्क स्वास्थ्य सेवा दिने अभिप्रायले गरिएकाे एम्बुलेन्स क्याम्पबाट कानेपोखरी गाउँपालिका वडा नं. ७ का सर्वसाधारण लाभान्वित भएका हुन् ।
एम्बुलेन्स क्याम्पमा २२ जनाको इसिजी, ४२ जनाको ल्याब परीक्षण, ४९ जनाको भिडियो एक्सरे गरिँदा ५ जनाको दाँत समेत खोलिएको नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । एम्बुलेन्स क्याम्पमा नाक कान घाँटी, आँखा, दन्त रोग, स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको छ ।
मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य डा. शर्माले विगत ६ वर्षदेखि निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आइरहेका छन् । शिक्षा र स्वास्थ्य जस्तो मौलिक हकलाई जनताको घरदैलोमै पुर्याइनु पर्ने मान्यता राख्ने डा. शर्माले निःशुल्क स्वास्थ्य शिविर मात्र हैन आफ्नो क्षेत्रका जनताका लागि नोबेल शिक्षण अस्पतालमा ५० वेडको क्याविन नै स्थापना गरिदिएका छन् ।
त्यसो त नोबेलले सामाजिक उत्तरदायित्व अन्तरगत देशका विभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर लैजाने गरेको छ । नोबेलकी प्रबन्ध निर्देशक इन्दीरा शर्माले नोबेलको स्वास्थ्य सेवालाई देशका सबै क्षेत्रमा पुर्याउने उद्देश्य लिइएको बताइन् ।
0 प्रतिकृया